नुवाकोट, ७ भदौ,, विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर चालू आर्थिक वर्षको लागि वृद्धि गरेको हो । श्रमिक सङ्गठन, निर्माण व्यवसायी र विकास निर्माणमा संलग्न सरकारी निकायसँगको परामर्श, नेपाल...बाँकी अंश →
काठमाडौँ, ७ भदौ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताउँनुभएको छ । इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उदघाटन गर्दै उहाँले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर छल्न नहुने बताउनुभयो ।...बाँकी अंश →
चितवन, ७ भदौ,, गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४÷७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण...बाँकी अंश →
तुलसीपुर, ७ भदौ ,, तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो । सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा...बाँकी अंश →
न्यूयोर्क, ६ भदौ ,, अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उहाँका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् ।...बाँकी अंश →
काठमाडौँ, ६ भदौ ,, श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली आज पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । नेपालका...बाँकी अंश →
काठमाडाँै, ६ भदौ ,, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिनुभएको छ । आव २०७४÷७५ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “कार्यसम्पादनका क्रममा हामी अझै पनि...बाँकी अंश →
महोत्तरी, भदौ ६,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको...बाँकी अंश →
काठमाडौँ, ६ भदौ,, सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ । विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका...बाँकी अंश →
बाँके, ६ भदौ ,, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाउनुभएको छ । “पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ”, महामन्त्री कोइरालाले भन्नुभयो । नेपाल महिला सङ्घ केन्द्रीय कार्य समितिले आज नेपालगञ्जमा आयोजना गरेको महिलाका लागि प्रदेश ५ को...बाँकी अंश →
काठमाडौँ, ६ भदौ , सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा...बाँकी अंश →
काठमाडौँ, ६ भदौ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: