२४ माघ २०८१

समाचार

प्रधानमन्त्रीद्वारा नागरिकप्रति आभार

काठमाडौँ, १५ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठिनाइ झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत आज भन्नुभएको छ, ‘अतिथि देवो भव हाम्रो गौरवशाली संस्कृति...बाँकी अंश →


बङ्गलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, १५ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिएर बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किनुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभयो । बिम्स्टेकमा भाग लिनका लागि बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...बाँकी अंश →


प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौँ, १५ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको समापनपश्चात् सम्मेलनस्थल होटल सोल्टीमा उहाँहरुबीच भेटवार्ता भएको हो । उहाँहरुबीच रक्सौल काठमाडौँ रेलवेको पूर्व सम्भाव्यता अध्ययनसम्बन्धी...बाँकी अंश →


पत्रकार खड्काको खोजीमा सरकार गम्भीर छ ,, मुख्यमन्त्री भट्ट

कैलाली, १५ भदौ ,,   प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनदेखि बेपत्ता भएका बाजुराका पत्रकार तेजू खड्काका सन्र्दभमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रदेश नं. ७ का वरिष्ठ पत्रकारलगायत टोलीले आज धनगढीमा मुख्यमन्त्री...बाँकी अंश →


काठमाडौँ–रक्सौल रेलमार्ग अध्ययनसम्बन्धी सम्झौता

काठमाडौँ, १५ भदौ,,   काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय...बाँकी अंश →


चिकित्सकले आन्दोलन गर्न पर्दैन,, उपप्रधानमन्त्री यादव

चितवन, १५ भदौ (रासस) ः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै...बाँकी अंश →


१८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ ,,  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार,...बाँकी अंश →


विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

काठमाडौँ, १५ भदौ,,  विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब...बाँकी अंश →


पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

काठमाडौँ, १५ भदौ ,,   नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना ल्याउनुपर्नेमा सम्मेलनमा नेपालले जोड...बाँकी अंश →


सरकार निरीह ,टेक्सी द्वारा मनपरी भाडा असुली

काठमाडौँ, १५ भदौ,,   सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर...बाँकी अंश →


मासिँदै हजार वर्षका सम्पदा

दैलेख, १५ भदौ,,   बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउनुहुन्छ...बाँकी अंश →


नेपालले मलेशियासँग खेल्ने

काठमाडौँ, १५ भदौ ,,   एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ । जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले दुई अङ्क जोडेको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter