१२ फागुन २०८१

समाचार

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना, हेलिकप्टरमा पाइलट एक्लै थिए

काठमाडौँ- मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो। दुर्घटनामा परेको मनाङ एयरका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको छ। घाइते पाइलट सेढाईलाई बेहोस अवस्थामा ह्याम्स...बाँकी अंश →


ठुलो मात्रामा विस्फोट पदार्थ (पटाका) सहित पिकअप सशस्त्र प्रहरीको नियन्त्रणमा ।

रबिन्द्र यादव / पश्चिम नवलपरासी - भारतबाट अवैध रूपमा लुकाइछिपाई नेपाल भित्राइएको पिकअप सहित करिब साढे २६ लाख ५० हजार मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरि नष्ट गरेको छ । पटाकाको मुल्य अन्दाजी साढे नौ लाख ५० हजार रहेको छ । नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी...बाँकी अंश →


जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

कालिकोट- नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । विभिन्न पालिकाहरुकाा ९८६ जना बिरामीहरुको आँखा परिक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ एकिकृत...बाँकी अंश →


आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ कात्तिकमा हुने

काठमाडौँ – सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आगामी कात्तिक १४ गते गर्ने भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आगामी कात्तिकमा सुनुवाइ हुने तय भएको हो। सर्वोच्च अदालतका...बाँकी अंश →


इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, २६ असोज : इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै...बाँकी अंश →


खेलकुदको विकासका लागि सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २४ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हालै चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा अझ धेरै पदक र उत्कृष्ट...बाँकी अंश →


नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

काठमाडौँ, २४ असोज : इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । शनिबार हमास समूहको आक्रमणमा...बाँकी अंश →


गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित ः संयुक्त राष्ट्रसङ्घ

जेरूसेलम, २२ असोज (रासस/एएफपी) : प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा...बाँकी अंश →


अपडेड ः अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

हेरात, अफगानिस्थान, २१ असोज (रासस/सिन्ह्वा) : अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ...बाँकी अंश →


इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

काठमाडौं, २२ असोज : सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज...बाँकी अंश →


लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

काठमाडौँ, २० असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम...बाँकी अंश →


देशमा धार्मीक दंगा फैलिदा राज्य चुप छ, के शासकहरुको मौन समर्थन होः तीन दल

काठमाडौं । देशमा धार्मीक तथा जातिय दंगा फैलिरहँदा राज्य चुप रहनुले त्यसमा शासकहरुको मौन समर्थन हुनसक्ने तीन दलले आशंका व्यक्त गरेका छन् । सोमबार संवाद डबलीमा उनिहरुले संयुक्त पत्रकार सम्मेलन गरी, प्रचण्ड नेतृत्व सरकारले धार्मीक अतिवादीहरुलाई नियन्तरणमा तदारुकता नदेखाएको आरोप सेमत लगाएका छन् । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter