२४ माघ २०८१

समाचार

सवारी साधनमा राज्यको ढुकुटी रु ६ अर्ब खर्च

काठमाडौँ, १७ भदौ ,,    विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ...बाँकी अंश →


प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, १७ भदौ ,,    पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन आयोजना गरिएको थियो । बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका...बाँकी अंश →


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो

काठमाडौँ, १७ भदौ ,,   यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीसमय अघिदेखि सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धस्सिएको विमानलाई लामो समयको प्रयासपछि अहिले यतीकै पार्किङस्थलमा...बाँकी अंश →


जनताको हातहातमा सरकार !

काठमाडौँ, १७ भदौ ,,   जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । सबै मन्त्रालयले आफ्नो...बाँकी अंश →


फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

काठमाडौँ, १७ भदौ,,   नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ । समितिको शनिबार बसेको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहितामा रहेका केही प्रावधानले प्रेस तथा...बाँकी अंश →


यति एयरलाइन्सको विमान चिप्लियो

काठमाडौँ, १६ भदौ,,   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझ ८:३० बजे भएको सो दुर्घटनामा...बाँकी अंश →


नेपाल–श्रीलङ्का द्विपक्षीय वार्ता

काठमाडौँ, १६ भदौ ,,  राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भयो । त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै पक्षमा सङ्क्षिप्त विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपतिद्वयको उपस्थितिमा दुवै देशका अधिकारीले आपसी सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा...बाँकी अंश →


‘अब बन्ने शहर व्यवस्थित हुन्छ’

काठमाडौँ, १६ भदौ ,,   शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले योजनाविना बस्ती बसाल्दा फोहरमैलाको समस्या हुँदै गएको भन्दै अब बन्ने शहर व्यवस्थित हुने बताउनुभएको छ । विष्णुमति सरसफाइ महाअभियानले सरसफाइको २०० हप्ता पूरा गरेको अवसरमा आज यहाँ आयोजना गरेको ‘स्वच्छ, सफा र हराभरा विष्णुमति नदीसम्बन्धी अन्तक्र्रिया’मा उहाँले योजनाविना शहर विकास हुँदा...बाँकी अंश →


विचारमा कमी आएकाले पार्टी कमजोर भयो’

बनेपा, १६ भदौ ,,   पूर्वसभामुख एवं नेपाली काङ्ग्रेसका नेता दमननाथ ढुङ्गानाले प्रजातान्त्रिक विचारको कमी भएकाले नेपाली काङ्ग्रेस पार्टी कमजोर भएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज र कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको संयुक्त आयोजनामा आज भएको ‘सन्तपुरुष कृष्णप्रसाद भट्टराई स्मृति सभा’ उहाँले पछिल्लो चरणको नेतृत्व मूल्य, मान्यता, सिद्धान्त र विचारमा भन्दा पनि...बाँकी अंश →


मुलुकको ‘सम्मेलन कूटनीेति’को सफल प्रदर्शन

काठमाडौँ, १६ भदौ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शुक्रबार सफलतापूर्वक सम्पन्न चौथो शिखर बैठकले अन्तर्राष्ट्रिय जगत्मा नेपालको कूटनीतिक छवि उच्चमात्र पारेको छैन, त्यसलाई उजिल्याउन र सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुगेको छ । शिखर बैठकको सफल आयोजनाबाट बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठन नेपालको परराष्ट्र नीतिका अतिमहत्वपूर्ण...बाँकी अंश →


राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीको भेट

काठमाडौ, १६ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग आज अपराह्न शिष्टाचार भेट गर्नुभयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा राजधानीमा रहनुभएका राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीले शिष्टाचार भेट गर्नुभएको हो । भेटका अवसरमा उहाँहरुबीच नेपाल, श्रीलङ्का सम्बन्धका साथै...बाँकी अंश →


बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ – उपसभामुख

काठमाडौँ, १६ भदौ ,,    उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले अहिलेकै अवस्थामा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ महिला विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले जस्तोसुकै अवस्थामा पनि नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुने गरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अभिसन्धिमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter