२४ माघ २०८१

समाचार

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रमको निर्देशन

काठमाडौँ, १८ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध...बाँकी अंश →


शिक्षा विधेयक संसद्मा

काठमाडौँ, १८ भदौ ,,  प्रतिनिधिसभाको आजको बैठकले “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । यस अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नुभएको थियो । “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक २०७५”...बाँकी अंश →


नेपाल र हङकङ भिड्ने

काठमाडौँ, १८ भदौ ,,   नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन् । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ । नेपाल...बाँकी अंश →


निजामतीमा अब नौ सेवा

काठमाडौँ, १८ भदौ ,,   निजामतीमा अब नौ वटा मात्र सेवा रहने भएको छ । नयाँ बन्न थालेको सङ्घीय निजामती सेवा ऐनमा ११ बाट दुई सेवा खारेज गर्दै नौ वटा मात्र सेवा राख्न थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कानून, न्याय तथा...बाँकी अंश →


‘समृद्ध नेपाल निर्माणमा गौरा पर्वको महत्व’– अध्यक्ष ‘प्रचण्ड’

काठमाडाँै, १८ भदौ ,,    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताउनुभएको छ । प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै...बाँकी अंश →


गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएको छः प्रधानमन्त्री

काठमाडाँै, १८ भदौ,,    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताउनुभएको छ । प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व हो भन्नुभयो । नेपालको जातीय र...बाँकी अंश →


पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर, १८ भदौ ,,   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा...बाँकी अंश →


मन्त्री खनालबाट सचिव र विभागिय प्रमुख हरु लाई निर्देशन

भदौ १८ ,,,माननीय मन्त्री चक्रपाणी खनालज्यूबाट सचिव र विभागिय प्रमुखको बैठकमा भएका तात्कालिन सुधारका विषयमा भएका निर्देशनहरु सचिवज्यूहरुले प्राथमिकताका साथ गर्नुपर्ने कार्यहरु, १। मन्त्रालयका कामहरु सुस्त भएको महसुस भइरहेको छ ।यसलार्इ गम्भीरतापूर्वक लिइ मन्त्रालय, विभाग र अन्य कार्यालयहरुबाट सम्पादन हुने काम कारवाहीलार्इ अझ चुस्त र प्रभावकारी बनार्इ अगाडी वढाउनुपर्ने आवश्यकता...बाँकी अंश →


महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छ ,, उपराष्ट्रपति

काठमाडौँ, १८ भदौ ,,   उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिनुभयो...बाँकी अंश →


आरोहणको ६८ वर्षपछि हर्जोगको शालिक आधार शिविरमा

पोखरा, १८ भदौ ,,   हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा स्थापना गरिएको छ । हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रमको औपचारिक थालनी भएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण...बाँकी अंश →


‘धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ

राजविराज, १८ भदौ ,,   अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । “एकल...बाँकी अंश →


बिम्स्टेक सफल ,, सभापति देउवा

चितवन, १८ भदौ ,,   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter