गलेश्वर, ७ कात्तिक म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको छैन । न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले...बाँकी अंश →
पाल्पा, ७ कात्तिक दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो ।...बाँकी अंश →
बैतडी, ७ कात्तिक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर...बाँकी अंश →
जाजरकोट, ७ कात्तिक कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका...बाँकी अंश →
काठमाडौँ, ७ कात्तिक ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको...बाँकी अंश →
काभ्रेपलाञ्चोक, ७ कात्तिक प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । “विशेष...बाँकी अंश →
कैलाली, ७ कात्तिक कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदललाई एक...बाँकी अंश →
काठमाडौँ, ६ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो । प्रधानमन्त्री ओलीले...बाँकी अंश →
काठमाडौँ, ६ कात्तिक स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी अंश →
भद्रपुर, ६ कात्तिक झापाको हल्दिबारी गाउँपालिकामा रहेको भेलागढी सामुदायिक वनको हाताभित्रको स्थलले पर्यटकको ध्यान तानेको छ । भद्रपुर विमानस्थलबाट करीब तीन किलोमिटरको दुरीमा रहेको को सो वनभित्रको लोकतान्त्रिक शहीद पार्क र पोखरी नै भेलागढको पर्यटकीयस्थल हुन् । गाउँपालिकाले गतवर्ष नै ‘फेरि पनि घुम्न जाउँ हल्दिबारी गाउँ’ भन्ने नारा तय गरेर...बाँकी अंश →
जाजरकोट, ६ कात्तिक जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना...बाँकी अंश →
काठमाडौँ, ६ कात्तिक बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले नयाँ बसपार्क, पशुपति, रत्नपार्क र स्वयम्भूलगायत क्षेत्रलाई मगन्तेमुक्त क्षेत्र घोषणा गरेसँगै प्रहरीको बालबालिका खोजतलास केन्द्रले आज बिहान उनीहलाई नियन्त्रणमा लिएको थियो। राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रलगायत सङ्घ÷संस्थाले सडक बालबालिकामुक्त शहर निर्माण गर्ने अभियानअन्तर्गत उनीहरूलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: