१७ माघ २०८१

समाचार

सपा नेता हई खान प्रहरी हिरासतमा

समाजवादी पार्टी का महाराजगंज नगर अध्यक्ष अब्दुल हई खान लाई आज कृष्णानगर प्रहरी ले हिरासत मा लिएको छ। हई खान को स्थानीय गाउँ मा रहेको कुरेण्टाइनमा लापरवाही भईरहेको कुरालाई लिएर महाराजगंज नगरपालिकामा विरोध गर्दा हिरासत मा परेको पार्टी का प्रदेश प्रवक्ता अकरम पठान ले जानकारी दिए । ऊनि समाजवादी पार्टी...बाँकी अंश →


भ्रष्टाचार आरोपमा सेनाका कर्नेल बर्खास्त, झन्डै २ करोड जरिवाना

नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन्। सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको नेपाली सेनाले जनाएको छ। सैनिक...बाँकी अंश →


सीमा विवाद तत्काल दुई पक्षीय वार्ताबाट समाधान खोज्छौं: सरकारका प्रवक्ता

सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए। ‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने...बाँकी अंश →


राष्ट्रपति, प्रधानमन्त्रीसहित कांग्रेस सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन्। त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख...बाँकी अंश →


नेपालगञ्ज: मुस्कुराउँदै घर हिँडे २१ कोरोना विजेताहरु

नेपालगञ्ज – बैशाख १९ गते एकाएक नेपालगञ्ज तरंगित भयो । भुइँचालोमा घर हल्लिएको जसरी यहाँका बासिन्दाको मन हल्लियो । विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित भेटिएपछि नेपालगञ्जमा तरंग आउनु स्वभाविक नै थियो । ६० वर्षीय पुरुषमा कोरोना देखिँदा नेपालगञ्ज मात्रै हो र ? छिमेकीहरु पनि हल्लिए । संक्रमितलाई आइसोलेसनमा लगियो ।...बाँकी अंश →


“ शैक्षिक क्षेत्रमा कोरोनाको असर ” विषयक अन्तरकरक्रिया सम्पन्न

शमशाद आदिल “ शैक्षिक क्षेत्र कोरोनाको असर ” विषयक अन्तरकरक्रिया कार्यक्रम जेठ ७ गते सम्पन्न भएको छ। अन्तरकरक्रिया कार्यक्रममा शैक्षणिक अनुसन्धानकर्ता अय्यूब अहमद , समाजिक अभियन्ता सत्तार अंसारी र मुस्लिम आयोग का अध्यक्ष समीम मिया अंसारी ले आफ्नो विचार राखेका थिए। कोरोना भाइरस को कारण संसार भरी १२५ मुलुक को...बाँकी अंश →


भारतीय मिडिया मनीषा बिरुद्ध, सामाजिक सञ्जालमा मनीषाको वाहवाही

काठमाडौँ- नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि केही भारतीय सञ्चारमाध्यम अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएका छन्। नेपालका सामाजिक मिडियामा भने उनको पक्षमा बोल्नेहरुको संख्या बढिरहेको छ। मे १८ मा नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूभाग नेपालको रहेको नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोइरालाले सरकारको यो निर्णयको समर्थन गरेकी...बाँकी अंश →


नेपालको नयाँ नक्सा भारतद्वारा अस्वीकार, भन्यो- वार्ता जरुरी

नेपालले बुधबार जारी गरेको नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो भूभाग समेटेर नेपालले नक्सा जारी गरेको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताए। श्रीवास्तवले भने, ‘सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने...बाँकी अंश →


सञ्चार माध्यममा अफवाहवाजलाई कार्यवाहीको मांग

शमशाद आदिल कोरोना भाइरस संक्रमण बढ़ी रहदा केहि मीडिया र व्यक्ति हरुले अनर्गल सूचना फैलाइ रहेको भन्दै नेपाल मुस्लिम संगठन ले कार्यवाही को मांग गरेको छ । नेपाली कम्युनिस्ट पार्टी निकट मुस्लिम संगठनले वर्तमान समय मे केहि व्यक्तिहरू समाजिक सञ्जाल को दुरुपयोग गर्दै विशेष समुदाय धर्मलाई लक्षित गरेर समाजिक सद्भाव...बाँकी अंश →


काठमाडौं महानगरले भन्यो-उपत्यका प्रवेश गर्ने नाका सिल गरौं

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा...बाँकी अंश →


लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषय सेलाउन दिइने छैन, भूमि फिर्ता ल्याइनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन्। संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि समेटेर मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमा जारी हुने बताए। ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने...बाँकी अंश →


भारतीय सेना प्रमुखलाई प्रधानमन्त्रीको जवाफ- नेपाल कहिल्यै गुलामी नस्वीकारेको राष्ट्र हो, कसैको उक्साहट चल्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय  सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट/दबाबमा  नचल्ने जवाफ फर्काएका छन्। सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेले लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताए।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter