१३ फागुन २०८१

समाचार

प्रदेश-५ को नाम लुम्बिनी र राजधानी भालुबाङ देउखुरी तय

बुटवल- प्रदेश-५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी देउखुरी तय भएको छ। मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित प्रदेशसभा सांसदको दुई तिहाइ बहुमत सांसदहरुले लुम्बिनी प्रदेश र राजधानी देउखुरी पक्षमा मतदान गरेपछि प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी तय भएको हो।   सुरुमा प्रदेशसभामा राजधानीको प्रस्तावमा मतदान भएको थियो जसमा...बाँकी अंश →


बैँक तथा वित्तीय संस्थामा कार्यरत २ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ–बैंक तथा वित्तीय संस्थाहरुका २ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्र बैँकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अहिलेसम्म नेपालभरि २ हजार ८१ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए। उनले कर्मचारी तथा उनका परिवार गरी २९ सय ३ जनामा कोरोना संक्रमण...बाँकी अंश →


कोरोना प्रकोपमा सक्रिय केयर फाउण्डेशनः काठमाडौंमा महिलाहरूले गरे रक्तदान

सन्ध्या अधिकारी, काठमाडौं, १७ असोज – रक्तदान जीवन दान। कोरोना प्रकोपमा रगतको अभाव भइरहेको अवस्थामा केयर फाउण्डेशन नेपालले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौंको विशालनगरमा आयोजना गरिएका रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्। केयर फाउण्डेशनले महिलाहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले रक्तदानको आयोजना गरेको हो। केयर फाउण्डेशन महिला...बाँकी अंश →


प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारमा कार्यरत अन्य ७६ जनामा कोरोना संक्रमण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र...बाँकी अंश →


भारत हाथरस घटना : उच्च अदालतले आफै लियो केस, प्रहरीले गर्‍याे बलात्कार नभएको दाबी

लखनऊ- भारतको इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले हाथरसमा दलित युवतीको कथित सामूहिक बलात्कार घटनामा स्वतः संज्ञान लिँदै उत्तर प्रदेशको सरकारलाई नोटिस पठाएको छ। यो घटनाका विषयमा अक्टुबर १२ मा हाईकोर्टमा सुनवाई हुनेछ। अदालतले गृह सचिव, डिजिपी, एडिशनल डिजिपी र हाथरसका डिएमलाई सुनवाईमा उपस्थित हुन निर्देशन दिनुका साथै पीडित परिवारका सदस्यलाई...बाँकी अंश →


१२ वर्षीया बालिकाको बलात्कारपछि त्रिशूलले रोपेर बीभत्स हत्या

१६ असोज, कैलाली । बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी उनी घर फर्किनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि...बाँकी अंश →


प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन...बाँकी अंश →


कुवेतका राजा शेख सबाह अल अहमद को निधन

काठमाडौं – कुवेतका राजा शेख सबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए । सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४०...बाँकी अंश →


रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने

काठमाडौ – विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गरेको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सका अनुसार खोप नेपाल पठाउन सम्झौता भइसकेको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड...बाँकी अंश →


केयर फाउण्डेशन महिला विभागको अंतर्गत रक्तदान जीवन दान, जीवन बचाउने महाअभियानमा सहभागि बनौं

काठमाडौँ- ‘कोभिड १९’ को महामारीका कारण हाल रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुन सकिरहेका छैनन् । तर, रगत संकलन केन्द्रहरुमा रगतको अभाव देखिएको छ । यही कुरालाई ध्यानमा राखेर केयर फाउण्डेशन महिला विभागले महिलाहरुको सहभागितामा बृहद् रगत संकलन कार्यक्रम निम्न मिति, समय र स्थानमा सञ्चालन गर्ने भएकोले उक्त...बाँकी अंश →


सीमाको रक्षा गर्न एकजुट होऔँ- गृहमन्त्री थापा

दार्चुला–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताएका छन् । व्यासको छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गर्दै मन्त्री थापाले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन । सीमा क्षेत्रका नागरिकले मात्रै...बाँकी अंश →


रुपन्देहीमा बाढीका कारण डुबान, पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल – रुपन्देहीमा शुक्रबार राति परेको भीषण वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान भएको छ। पाल्पा क्षेत्रमा परेको भीषण वर्षाले तिनाउ नदीमा बाढी आएपछि तिनाउ नदी किनारका बस्ती प्रभावित भएका हुन्। कतिपय स्थानमा नदीले कटान गरेको रुपन्देही प्रहरीले जनाएको छ। वर्षाकै कारण पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध छ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter