१३ फागुन २०८१

समाचार

संसद विघटनबिरुद्ध पाँच दलका १४६ जना सांसदहरु सर्वाेच्चमा

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दिनका लागि सांसदहरु सर्वोच्च अदालत पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सांसदहरु अदालत पुगेका हुन्। विपक्षी...बाँकी अंश →


ठाकुर पक्ष ओली सरकारमा सहभागी हुँदै, राजेन्द्र महतोको दाबी गृह मन्त्रालयमा

काठमाडौँ – जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको सबै माग सम्बोधन भएको भन्दै ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो। प्रधानमन्त्री ओलीले राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट आठजनालाई मन्त्री बनाउन तयार भएका छन्। ठाकुर निकट एक नेताका अनुसार ढिलोमा शुक्रबारसम्म शपथ ग्रहण...बाँकी अंश →


संसद विघटनः प्रभावकारी रणनीति तय गर्न पाँच पार्टीको संयुक्त बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पाँच पार्टीको संयुक्त बैठक बस्ने भएको छ। शनिबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद विघटनपछिको अवस्थाको जायजा लिन र ‘प्रभावकारी’ रणनीति तय गर्न पाँच पार्टीको बैठक बस्ने भएको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको...बाँकी अंश →


राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने गरी घोषणा गरेकी हुन् । यस अघि मध्यरातमै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि...बाँकी अंश →


कोरोना नियन्त्रणका लागि संकटकाल लगाउने सरकारको तयारी,अध्यादेशमा व्यवस्था

काठमाडौँ- कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा संकटकाल लगाउने तयारी सरकारले गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन। अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए। तर यसबारे प्रधामन्त्री केपी शर्मा...बाँकी अंश →


वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले गरिन् दलहरुलाई आह्वान

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७५ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी...बाँकी अंश →


सर्वोच्चले भन्यो- मास्क नलगाउनेलाई होल्ड गरेर जरिवाना नलिनू

काठमाडौँ- सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई प्रहरीले सडकमा होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गरेको छ। अधिवक्ता सागर पौडेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गर्दै त्यस्तो कार्य नगर्न अन्तरिम आदेश दिएको छ। नागरिकलाई सडकमा होल्ड गरेर जरिवाना...बाँकी अंश →


नेपालमा पुष्टि भएकाे अति संक्रामक भेरियन्टबारे जानौँ

काठमाडौँ – संक्रमण तीव्र गतिमा फैलिने र वैज्ञानिकहरुले घातक पनि हुन सक्ने बताएको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२ र बी १.६१७.१ भेरियन्टका भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । देशका सबै...बाँकी अंश →


भारतमा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै, घटेन मृत्युदर

काठमाडौँ – भारतमा सोमबार पनि नयाँ कोरोना संक्रमित भेटिनेको संख्या घटेको छ। तर मृतकको संख्या भने फेरि उकालो लागेको छ। पछिल्लो चौबिस घण्टामा भारतमा २ लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधिमा थप ४ हजार ३ सय २९ जना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिन २...बाँकी अंश →


निषेधाज्ञामा पनि यात्रु बोक्दै बसहरु

काठमाडौँ– सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा घोषणा गरिरहँदा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुहरुलाई बसले सेवा प्रदान गरिरहेको छ। अत्यावश्यक काममा भन्दा अरु बेला हिँड्न नपाउने भनिरहेको अवस्थामा पनि दैनिक काठमाडौँबाट बस आउने जाने क्रम जारी छ। सञ्चालित बसहरुले मानिस र सामानहरु ओसार पसार गरिरहेका छन्।...बाँकी अंश →


शपथसम्बन्धी रिटमा अन्तरिम आदेश अस्वीकार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। गत शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा ओलीले ‘प्रतिज्ञा गर्छ कि’ भन्ने वाक्यांश छुटाउँदा राष्ट्रपतिले फेरि...बाँकी अंश →


उपेन्द्र र महन्थको संयुक्त वक्तव्यः आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आएमात्र सरकारमा जाने

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए पछि नहट्ने जनाएको छ। तर यसबाहेक अन्य अवस्थामा जसपा सरकारमा नजाने उसले बताएको हो। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter