०१ जेठ २०८२

समाचार

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

कास्की, १२ साउन  ,,  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

धादिङ, १२ साउन  ,,  धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ । तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु...बाँकी अंश →


अन्तराष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्पर्धामा नेपाल दोस्रो हुन सफल

चीनको मकाउमा सम्पन्न ३४औ अन्तराष्ट्रिय विज्ञान तथा प्रविधिको प्रतिष्पर्धा (कास्टिक)मा नेपालले दोस्रो पदक हात पार्न सफल भएको छ । यहि श्रावण ४ गते देखि १० गतेसम्म सम्पन्न यस प्रतिस्पर्धामा नेपालका ३ प्रतिस्पर्धीले भाग लिएका थिए । जसमध्ये ५५ देशका ६०० प्रतिस्पर्धीलाई पछि पार्दै आयुस झा र सुमिना सुवालले रजत तथा...बाँकी अंश →


तातोपानी नाकाबाट रु ५३ लाख राजश्व सङ्कलन

मेलम्ची, १० साउन  ,,  चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार...बाँकी अंश →


राजपुरमा पनि सिकलसेल एनिमियाँ जाँच हुने

लमही, १० साउन  ,,  दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ । सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको...बाँकी अंश →


ज्येष्ठ नागरिक विधेयक छलफल

काठमाडौँ, १० साउन   ,,  प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात्...बाँकी अंश →


सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष

रुकुमपूर्व, १० साउन   ,,  रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा...बाँकी अंश →


आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै

काठमाडौँ, १० साउन  ,,  अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले...बाँकी अंश →


आठ जना पुर्पक्षका लागि कारागार चलान

धनगढी, १० साउन   ,,  भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला...बाँकी अंश →


झापामा अङ्गीकृत नागरिकता लिने घटे

भद्रपुर, १० साउन  ,,  झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा...बाँकी अंश →


विप्लव समूहका युवा अध्यक्ष पक्राउ

जाजरकोट, १० साउन  ,,  विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।बाँकी अंश →


प्रधानमन्त्रीसमक्ष सम्पत्ति फिर्ता पाउन उद्योगीको माग

काठमाडौँ, १० साउन  ,,  नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहनुभएका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter