काठमाडौँ, १२ साउन ,, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उहाँले जनताको अपेक्षाबमोजिम यो सरकारले अझै परिवर्तनकारी काम गर्न नसकेको बताउनुभयो । संयोजक...बाँकी अंश →
खलङ्गा, १२ साउन ,, कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो...बाँकी अंश →
चिप्लेढुङ्गा, १२ साउन ,, गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका विषयमा केन्द्रित विषय विज्ञ बीचको छलफलमा उनीहरुले सो...बाँकी अंश →
रत्ननगर, १२ साउन ,, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस¬–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । महानगरपालिकाका २९ वटै वडाका...बाँकी अंश →
काठमाडौँ, १२ साउन ,, चाबहिलबाट सरस्वती नगर हुँदै कपन पुग्ने सडकको अवस्था निकै दयनीय छ । सडकमा ठूल्ठूला खाल्डा, घुडाँसम्म आउने हिलो र खाल्डामा पानी जमेकोे छ । सडकमा खाल्डाखुल्डीका साथै हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने त अवस्था छैन । ठूल्ठूला खाल्डाले विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई...बाँकी अंश →
वीरगञ्ज, १२ साउन ,, प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएको छैन । सो दशगजा क्षेत्रमा रहेका करीब...बाँकी अंश →
खलङ्गा, १२ साउ ,, जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहरु निकालेर अलपत्र अवस्थामा छ ।...बाँकी अंश →
सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । यस हारसँगै नेपाल...बाँकी अंश →
खलङ्गा, १२ साउन ,, जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि...बाँकी अंश →
नेपालगञ्ज, १२ साउन ,, नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु गरेको छ । विसं २०५४ मा शुरु भई २०६९ देखि बन्द भएको यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो । अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो । विपन्न परिवारलाई...बाँकी अंश →
दमौली, १२ साउन ,, तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन अवस्थामा छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् । विसं २०४० देखि अव्यवस्थितरूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस्थामा रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन सङ्घर्ष समितिका संयोजक...बाँकी अंश →
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: