१८ चैत २०८१

समाचार

प्राकृतिक ताल अतिक्रमण हुँदै

नवलपरासी, १७ साउन पश्चिम नवलपरासीमा रहेका विभिन्न प्राकृतिक तालतलैया पछिल्लो पटक धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका छन् । पश्चिम नवलपरासीको पाल्हिनन्दन–६ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नन्दन ताल, बर्दघाट नगरपालिकाअन्तर्गत जहदाको बुद्धमङ्गल ताल, यसैगरी गुठी प्रसौनीको पिपरपाती ताल, माकरको भुताहा ताल, तिलकपुरको सुशिहवा ताल, जिल्लाका मुख्य ठूला...बाँकी अंश →


विषालु जङ्गली च्याउ नखान अभियान शुरु

रामपुर, १७ साउन जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा ‘जङ्गली च्याउ नखाऊँ, सुरक्षित बनौँ’ भन्ने उद्देश्यले अभियान चलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गलमा खोजेर ल्याएको च्याउ खाँदा ज्यानै...बाँकी अंश →


सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना

परासी, १७ साउन तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४÷७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती शिक्षकहरुलाई प्रतिशिक्षक रु पाँच हजारका दरले...बाँकी अंश →


जबर्जस्ती करणीमा एक हजार ८७३ मुद्दा दर्ता

काठमाडौँ, १७ साउन  मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४÷७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५÷७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् ।...बाँकी अंश →


फ्रान्सेली विद्यार्थीको सहयोगमा ज्येष्ठ नागरिक सेवा केन्द्र

कास्की, १७ साउन  सोलिडारिटी फर फ्रान्स नेपालअन्तर्गत त्यहाँका विद्यार्थीको सहयोगमा कास्कीमा एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ । ज्येष्ठ नागरिकहरु भेला हुने र सुख–दुःखका अनुभूति साटासाट गर्न सहयोग पु¥याउने उद्देश्यले माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा केन्द्रको स्थापना गरिएको हो । गत असार २१ गते नेपाल आएका फ्रान्सको पेरिसस्थित इएससीपी...बाँकी अंश →


राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप

फिदिम, १७ साउन पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा...बाँकी अंश →


वडा कार्यालयमा आगजनी

भरतपुर, १७ साउन चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ । कार्यालयको झ्याल...बाँकी अंश →


सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ

सुर्खेत, १७ साउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल...बाँकी अंश →


लागुऔषधसहित दुई पक्राउ

मुग्लिन, १७ साउन चितवनमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङलाई फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर...बाँकी अंश →


पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते

बाजुरा, १७ साउन लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...बाँकी अंश →


अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

काभ्रेपलाञ्चोक, १७ साउन टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद...बाँकी अंश →


मोबाइल चलाउँदा एक किशोरको मृत्यु

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter