१५ चैत २०८१

समाचार

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

काठमाडौँ, १९ साउन मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने २२८...बाँकी अंश →


नहर बगाउँदा विद्युत् अवरुद्ध

मार्तडी, १९ साउनजिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभएको छ । उहाँले खोला एकतर्फी बगिरहेकाले आइतबार साँझसम्म विद्युत् सेवा...बाँकी अंश →


पत्रकार थापाको मृत्यु

जाजरकोट, १९ साउन नेपाल पत्रकार महासङ्घ जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद डिल्लीबहादुर थापाको शनिबार मृत्यु भएको छ । उच्च रक्तचापका विरामी थापालाई जाजरकोट अस्पतालमा शनिबार दिउँसो भर्ना गरिएकोमा थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । कुशे गाउँपालिका–५ दम्दालका स्थानीयवासी लामो समयदेखि पत्रकारितामा सक्रिय ४० वर्षीय...बाँकी अंश →


जिससविरुद्ध प्रदेशसभा सदस्यको उजुरी

ओखलढुङ्गा, १९ साउन जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो । सांसद खड्का नेकपा ओखलढुङ्गाका...बाँकी अंश →


गोली लागेर एकको मृत्यु

डोटी, १९ साउन  जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु...बाँकी अंश →


आँखा परीक्षणबाट ६६३ विद्यार्थी लाभान्वित

दमौली, १९ साउन रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरेको छ । कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र शर्माले जानकारी दिनुभयो । मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा...बाँकी अंश →


पर्यावरणमैत्री निर्माणमा जोड

जनकपुरधाम, १९ साउन प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २ को प्रथम अधिवेशनका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्दै पर्यावरणीय असन्तुलनका कारण प्राकृतिक स्रोत सुक्दै गएको तर्फ ध्यानाकर्षण गराउनुभयो । कङ्क्रिट निर्माणकार्यले वातावरणीय...बाँकी अंश →


विद्यालय सञ्चालन गर्न महायज्ञ

बनेपा, १९ साउन  पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयले सञ्चालन गर्न स्रोत नभएको भन्दै स्रोत जुटाउनका लागि महायज्ञ गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी आगामी २० देखि २८ गतेसम्म विद्यालयको प्राङ्गणमा ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । विसं २०३८...बाँकी अंश →


राजमार्ग जीर्ण बन्दै मर्मतको माग

वर्षायामको भलपानीका कारण रसुवागढी क्षेत्रको राजमार्ग जीर्ण बन्दै गएको छ । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने एकमात्र उत्तरी नाका रसुवागढी राजमार्ग जीर्ण भएपछि कसरी कन्टेनर डिब्बा गुढाउने भन्ने विषयमा चिन्ता हुन थालेको सवारी चालकले बताएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भिर इलाकामा सडक सतह जीर्ण हँुदा हिलोको लिगमा गुडाउँदा तलका...बाँकी अंश →


लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न निर्देशन

काठमाडौँ, १७ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको छ । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र...बाँकी अंश →


अल कायदाको आक्रमणमा १९ सैनिक मारिए

, १७ साउन दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ । यस...बाँकी अंश →


दुई युवकको शव बरामद

महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो । नाम, थर, बतन नखुलेको युवकको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter