०८ चैत २०८१

समाचार

नक्कली प्रहरी पक्राउ

काठमाडौँ, २० साउन  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र...बाँकी अंश →


मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना

काठमाडौँ, २०  केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर (नेपाल तर्फ) सरेकाले भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताउनुभयो । हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो...बाँकी अंश →


बाढी पहिरोबाट २६४ घर र ८५० मिटर पक्की सडक पूर्ण क्षति

बनेपा, साउन २० अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै...बाँकी अंश →


नवलपरासीका ७० उद्योग खारेज

परासी, २० साउन घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५÷०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद्योग छन् । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा...बाँकी अंश →


एघार निर्माण कम्पनीबाट दुई करोड बढी हर्जाना असुल

भीमदत्तनगर, २० साउन डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिनुभयो । “सम्झौतामै समयमा काम नसक्ने...बाँकी अंश →


बेपत्ता दिदीबहिनी भारतको पूर्णियामा फेला

सुरुङ्गा, २० साउन यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी...बाँकी अंश →


नागका मन्दिर र घरघरमा नागको पूजा

पोखरा, २० साउन श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं...बाँकी अंश →


सडक सौर्यबत्ती जडान शुरु

खोटाङ, २० साउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत रु एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न शुरु गरिएको हो । रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई...बाँकी अंश →


सार्वजनिक शौचालयमा किराना पसल

डोटी, २० साउन जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी...बाँकी अंश →


बागलुङलाई ‘सडक मानवरहित’ बनाइने

बागलुङ, २० साउन बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् । जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताउनुभयो । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”,...बाँकी अंश →


एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

पर्वत, २० साउन गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा...बाँकी अंश →


प्रवासवाट नै हजयात्रामा जान मांग

प्रवास संवाददाता,केयरखबर विदेशी मरुभूमिमा कार्यरत रहेका नेपाली मुस्लिमहरुले प्रवास वाट नै हजयात्रामा जान पाउने मांग गरिएको छ । नेपालिज मुस्लिम सोसाईटी यू ए ई ले आफ्नो विज्ञप्ति जारी गर्दै उक्त कुराको मांग गरेको छ । सोसाईटीका अध्यक्ष शाहनवाज अख्तर द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रवासमा रहेका नेपाली कामदारहरुको पनि चाहना बमोजिम सबै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter