०७ चैत २०८१

समाचार

गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

बेत्रावती, २२ साउन गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । हिन्दू र बौद्ध धर्मालम्वीको...बाँकी अंश →


डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ, २२ साउन  प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेङ्गुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकोले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु...बाँकी अंश →


उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर, २२ साउन सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको लम्बाइ २२५ मिटर रहेको...बाँकी अंश →


करीब छ लाख मूल्य बराबरको मरिच बरामद

गौशाला, २२ साउन महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करीब रु पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा...बाँकी अंश →


भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँ दिल्ली, २२ साउन  भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पु¥याउनुभएको थियो...बाँकी अंश →


लाखेनाच संरक्षणमा नेवार समुदाय

पर्वत, २२ साउन पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा यहाँका नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघि विभिन्न...बाँकी अंश →


खानेपानी उपभोक्तालाई दुई करोड ऋण !

काभ्रेपलाञ्चोक, २२ साउन पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रु दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा...बाँकी अंश →


पहिरोले लघुजलविद्युत् आयोजना बन्द

बेझाड, २२ साउन  सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महीनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका...बाँकी अंश →


लाखौँको धनमाल चोरी

बर्दिवास, २२ साउन महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित रु पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य...बाँकी अंश →


यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ साउन ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५÷७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले...बाँकी अंश →


अवैध हुण्डीको कारोवार बढ्दै

वीरगञ्ज, २२ साउन पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै...बाँकी अंश →


चन्दा सङ्कलनबाट मदरसा सञ्चालन

सुर्खेत, २२ साउन वीरेन्द्रनगर नगरपालिका–१० बेलघारीका मुस्तफा मियाँ विसं २०६३ देखि मदरसा मदिना माध्यमिक विद्यालयमा पढाउँदै आउनुभएको छ । मदरसामा शिक्षण गर्नुका साथै उहाँलाई आफ्नो पारिश्रमिक आफँै जुटाउनुपर्ने बाध्यता छ । “११ वर्षसम्म आफँै चन्दा सङ्कलन गरेर पढाएँ, तीन वर्षयता थोरै भए पनि अनुदानबाट प्राप्त बजेटबाट तलब पाउन थालेको छु”,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter