काठमाडौँ २४ साउन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले शुक्रबार पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षरोपण गरिएको छ । भूसंरक्षण दिवसका अवसरमा सो क्षेत्रमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडाँै न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षरोपण गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा वन तथा...बाँकी अंश →
चिप्लेढुङ्गा, २४ साउन पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो । संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१,...बाँकी अंश →
काठमाडौँ, २४ साउन कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले आज स्वीकृति दिएपछि नेपालले...बाँकी अंश →
पाल्पा, २४ साउन तिनाउ गाउँपालिका–२, दोभानमा व्यावसायिक फलफूल खेतीका लागि निःशुल्क बिरुवा वितरण गरिएको छ । वडावासीको आयआर्जन वृद्धि गर्न प्रतिघर फलफूलका बिरुवा रोपिन थालिएको हो । प्रत्येक घरमा पाँच वटा फलफूलको बिरुवा रोपेर आयआर्जनमा वृद्धि ल्याउन फलफूलका बिरुवा वितरण गरिएको हो । बस्ती आसपासका क्षेत्रमा हरियाली बनाउने अभियानसँग आयआर्जनमा...बाँकी अंश →
बाँके, २४ साउन सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोगविहीन जस्तै भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाव तथा गुनासो पेटिकामा गुनासो भरिएका पत्र भेटिने गरेकामा पछिल्लो समय सुझाव पेटिका खोले पनि केही नहुँदा पेटिकासमेत...बाँकी अंश →
लहान, २४ साउन विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो । गत...बाँकी अंश →
बग्दाद, २४ साउन कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए । इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी...बाँकी अंश →
पोखरा, २४ साउन जनप्रतिनिधिहरु सुविधाभोगी भएको यदाकदा चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाउनुभएको छ । कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको रु एक लाख ५० हजार समाजको शैक्षिक,...बाँकी अंश →
नेपालगञ्ज, २४ साउन बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका...बाँकी अंश →
रुकुमपूर्व, २४ साउन रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जाँै, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताउनुभयो । रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट...बाँकी अंश →
चितवन, २४ साउन भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल...बाँकी अंश →
कावासोती, २४ साउन प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–१६ चालिसकिलो भन्ने स्थानबाट बिहीबार साँझ लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–६ बस्ने २७ वर्षीय गणेश रिमाल र रुपन्देही सिद्धार्थ नगरपालिका–७ बस्ने ४५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: