०६ चैत २०८१

समाचार

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक, २६ साउन प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३०, १० थान तासबुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब...बाँकी अंश →


गाउँपालिकाको गाडीमा आगजनी

घोराही, २६ साउन दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ । सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी...बाँकी अंश →


माछापोखरीमा डुबेर बालकको मृत्यु

भद्रपुर, २६ साउन झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्र्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा...बाँकी अंश →


एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन

दमौली, २६ साउन एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन...बाँकी अंश →


गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा, २६ साउन  गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, चोलाङपाटीमा नेपाली सेना कालीजङ्ग गण र चन्दनबारीमा पाटन...बाँकी अंश →


रु ६० करोड लगानीमा कविलास रिसोर्ट

चितवन, २४ साउन तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य...बाँकी अंश →


केरलामा बाढी बीसको मृत्यु

२४ साउन दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ । यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो...बाँकी अंश →


जम्मु काश्मिरमा शुक्रबार कफ्र्यु कम गरिने

नयाँदिल्ली, २४ साउन  मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ । कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताउनुभएको छ । स्थानीयबासीलाई नजिकका मस्जिदमा भेला भएर शुक्रबारको नमाज पढ्न दिइने र यसमा कुनै प्रतिबन्ध...बाँकी अंश →


चन्द समूहका दुई कार्यकर्ता पक्राउ

स्याङ्जा, २४ साउन  नेकपा नेत्रविक्रम चन्द सूमहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जालीलाई बिहीबार वालिङबाट पक्राउ गरिएको र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार...बाँकी अंश →


नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ

धनगढी, २४ साउन नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी...बाँकी अंश →


अमेरिकामा १२२ मेक्सिकन पक्राउ

२४ साउन  अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन् । मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ । उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई...बाँकी अंश →


एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा

चितवन, २४ साउन चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter