१० माघ २०८१

समाचार

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ – पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएकाे छ। भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको हाे। राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा...बाँकी अंश →


संसदीय छानबिन समितिको निष्कर्ष : करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न छैनन्

काठमाडौं– संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न नभएको निष्कर्ष निकालेको छ। समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष उल्लेख गरिएको छ। समितिको प्रतिवेदनमा भनिएको छ–‘ छानबिनबाट समितिले ठहर गरेको वा निष्कर्ष निकालेको विषय समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल,...बाँकी अंश →


गठबन्धनका लागि कांग्रेस बढी उदार हुनुपर्छ : प्रचण्ड

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ र प्रदेशको चुनावमा पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्। प्रेस सन्टर नेपालको दोस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अर्को गठबन्धन बन्ने सम्भावना नरहेको दोहोर्‍याएका हुन्। उनले भने, ‘यहाँ गठबन्धन, तालमेल के होला भन्ने प्रश्न पनि उठ्छ। यही गठबन्धन अघि...बाँकी अंश →


देश श्रीलंकाको बाटोमा लाग्योः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन्। यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन्। ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा...बाँकी अंश →


नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ: चीन

काठमाडौँ–  चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीति रहेको स्पष्ट पारेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार खुमलटारमा भेट गर्दै सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको विकास प्रक्रियामा सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि...बाँकी अंश →


नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। शनिबार अपराह्न काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए।   श्रीवास्तवले...बाँकी अंश →


सरकारले घटायाे पेट्राेलमा २० र डिजेलमा २९ रुपैयाँ

काठमाडौँ – सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए। मन्त्री बडूका अनुसार अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ। उनले कुन शीर्षकका कति कर घटाइएको...बाँकी अंश →


सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट , सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन्। बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ...बाँकी अंश →


मुस्ताङकाे थासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियाे तारा एयरकाे विमान. हालसम्म १४ जनाको शव फेला

काठमाडौँ- तारा एयरकाे जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ। आइतबार बिहानदेखि बेपत्ता भएकाे जहाज मुस्ताङकाे थासाङ गाउँपालिका-२ काे शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ। आज बिहानैदेखि खाेजीकार्यमा हिँडेकाे नेपाली सेनाकाे टाेलीले जहाज भेटा‍एकाे हाे। अहिले माैसम खुलेकाे हुनाले हेलिकप्टर त्यहाँ जाँदै छ। आइतबार पोखराबाट जोमसोम जाने क्रममा...बाँकी अंश →


गठबन्धन असफल भएको छैन, संघ र प्रदेशमा पनि तालमेल हुन सक्छः नारायणकाजी श्रेष्ठ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन्। स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए। ‘तालमेल असफल भयो...बाँकी अंश →


स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र...बाँकी अंश →


स्थानीय तह निर्वाचन २०७९: आजदेखि मौन अवधि शुरू

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को लागि मंगलबार मध्यरातदेखि मौन अवधिमा सुरु भएको छ। यो अवधिमा स्थानीय तहको निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter