हुम्ला, १२ भदौ नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराईले ठोस निर्णय नभएकाले चीनको माथिल्लो निकायबाट र नेपाल...बाँकी अंश →
कास्की, १२ भदौ पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला...बाँकी अंश →
हेटौँडा, १२ भदौ मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा...बाँकी अंश →
गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न...बाँकी अंश →
फिदिम, १२ भदौ किशोर–किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ । लागुऔषध दुव्र्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने...बाँकी अंश →
काठमाडौँ, १२ भदौ प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । प्रगतिशील युवा नेपालले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल...बाँकी अंश →
रसुवा, १२ भदौ गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ । पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको...बाँकी अंश →
बनियानी, १२ भदौ झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...बाँकी अंश →
पर्वत, भाद्र ११ पत्रकार अमृत भट्टराईको टोलीले बिहादीबाट संकलन गरेको रकम क्यान्सर पीडित अप्सरा नेपालीको आफन्तलाई हस्तान्तरण गर्यो । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर का केही युवाहरूले र पर्वतको बिहादी ३ रानीपानीमा रहेको रेडियो सत्यवाणी को अप्सरा नेपाली बचाउ अभियानमा पर्वत बिहादी २ बर्राचौरका युवा रगु हिताङ्ग, अमित...बाँकी अंश →
ग्रीनल्याण्ड ग्रीनल्याण्ड, ११ भदौ (रासस-एपी) – अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) को सानो हवाई जहाजबाट करिब ५०० फिटमुनि ठुल्ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ । नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन् । ग्रीनल्याण्डका...बाँकी अंश →
दमौली, ११ भदौ तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका काशीनाथ भट्टराई राजनीतिसँगै गाईपालनमा सक्रिय हुनुहुन्छ । उहाँले राजनीतिलाई समाजसेवा र गाईपालनलाई जीवनयापनको माध्यम बनाउनुभएको छ । राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ गाईपालन र राजनीतिलाई सँगसँगै अगाडि बढाएको भट्टराईले बताउनुभयो । “समाजसेवा गर्नका लागि राजनीतिमा होमिएँ, समाजसेवाले मात्रै घरखर्च चलाउन सकिन्न, त्यसैले...बाँकी अंश →
भक्तपुर, ११ भदौ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: