अछाम, १३ भदौ जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।...बाँकी अंश →
बाँके, १३ भदौ रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक...बाँकी अंश →
म्याग्दी, १३ भदौ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत् सुविधा पुगेको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद सङ्कलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिहीबार बेलुकीदेखि बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु...बाँकी अंश →
सुरुङ्गा, १३ भदौ झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको...बाँकी अंश →
काठमाडौँ, १३ भदौ खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज...बाँकी अंश →
मोरङ, १३ भदौ जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ नयाँ उद्योग थपिएका छन् । यसमध्ये ५४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका...बाँकी अंश →
सल्यान, १३ भदौ सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा मरेका छन् । बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि...बाँकी अंश →
खलङ्गा, १३ भदौ जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ ।...बाँकी अंश →
अमरगढी, १३ भदौ डडेल्धुरा र डोटीमा नमूना कृषि गाउँ बनाइने भएको छ । दुवै जिल्लाका विभिन्न भौगोलिक अवस्थितिअनुसारका बाली पहिचान गरी प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ स्थापना गर्न लागिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको सो कृषि ज्ञान केन्द्रले डडेल्धुराका सात...बाँकी अंश →
हेटौँडा, १३ भदौ सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । खासगरी...बाँकी अंश →
कञ्चनपुर, १३ भदौ ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ । भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो । वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताउनुभयो । तीन मिटर...बाँकी अंश →
नेपालगञ्ज, १३ भदौ सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरणका लागि ‘स्कूल’ कार्यक्रम गरिएको छ । बास संस्थाद्वारा सञ्चालित दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजनाअन्तर्गत स्कूल कार्यक्रमको आयोजना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सामाजिक सद्भाव प्रर्वद्धनका विभिन्न गतिविधि सञ्चालन गर्न मद्दत पु¥याउने उद्देश्यले बिहीबार सो कार्यक्रम गरिएको बासका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: