पर्वत, १५ भदौ पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी तीन जना सवार ध१प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई...बाँकी अंश →
बेझाड, १५ भदौ गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा...बाँकी अंश →
गलेश्वर, १५ भदौ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले राष्ट्रिय समाचार समिति राससका तीन जना म्याग्दी संवाददातालाई सम्मान गरेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न संस्थाको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा रासस गलेश्वर (म्याग्दी) संवाददाता धु्रवसागर शर्मा, बेनी (म्याग्दी) संवाददाता कमल खत्री र (म्याग्दी) का सन्तोष गौतमसहित...बाँकी अंश →
सुरुङ्गा, १५ भदौ विर्तामोड नगरपालिका–२ निवासी सहाराविहीन बन्नुभएकी ५५ वर्षीया दृष्टिविहीन धामो राजवंशीले घर पाउनुभएको छ । सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा विर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । विर्तामोड नगरपालिकाले रु ५० हजार र नगरपालिकाको वडा नं २ ले रु एक लाख प्रदान गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा...बाँकी अंश →
दमौली, १५ भदौ तनहँुको व्यास नगरपालिका–११ शेरामा शनिबार आयोजित स्वास्थ्य शिविरबाट ८०० सर्वसाधारण लाभान्वित भएका छन् । समुदायबाट सञ्चालित तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आयोजना र काठमाडौँस्थित ओम अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट मुटु, मधुमेह, हाडजोर्नी, नाक, कान, घाँटी, बालबालिका र महिलासम्बन्धी रोगको उपचार सेवाबाट ८०० सर्वसाधारण लाभान्वित...बाँकी अंश →
काठमाडौँ, १४ भदौ नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ । निट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको...बाँकी अंश →
काठमाडौँ, १४ भदौ विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् । विसं २०६२ भदौ १५ गते स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा,...बाँकी अंश →
म्याग्दी, १४ भदौ मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो ।...बाँकी अंश →
भद्रपुर, १४ भदौ झापाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ११ प ८९७७ नं को...बाँकी अंश →
घोराही, १४ भदौ भनिन्छ, हातमा सीप र मनमा जाँगर भए पैसा आफै पछि लागेर आउछ । घोराही उपमहानगरपालिका– १४ निवासी प्रेमकुमारी पुन मगर (५५) एक मेहेनती महिला उद्यमी हुनुहुन्छ । उहाँले घोराहीमा स्थानीय कच्चा पदार्थ अल्लोबाट विभिन्न तयारी पोशाक बनाउने उद्योग सञ्चालन गर्नुभएको छ । उमेर उकालो लाग्दैछ तर उहाँको...बाँकी अंश →
राजापुर, १४ भदौ बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको...बाँकी अंश →
डोटी, १४ भदौ जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जानथालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: