०४ चैत २०८१

समाचार

१२ जनामा डेङ्गु

भक्तपुर, १५ भदौ  देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको...बाँकी अंश →


गैसस सम्मेलनमा प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड

कृष्ण अधिकारी जर्मनी, १५ भदौ  ः जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन...बाँकी अंश →


थारू समुदाय अटवारी पर्व मनाउँदै

कञ्चनपुर, १५ भदौ  ः दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शुक्लपक्षको आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी साँझ...बाँकी अंश →


छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ ः मन्त्री राई

नेपालगन्ज, १५ भदौ  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भन्नुभयो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः...बाँकी अंश →


तामा र स्लेट खानी उत्खनन र संरक्षणको पर्खाइमा

गलेश्वर, १५ भदौ  ः हिमाली जिल्ला म्याग्दी विभिन्न ठाउँमा रहेका तामा र स्लेट खानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ । पश्चिम र उत्तरी म्याग्दीका विभिन्न ठाउँमा रहेका खानीहरु वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन् । तामा, स्लेट (घर छाउने ढुङ्गा), शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षाैंदेखि उत्खनन हुन नसकेका अवस्थामा छन्...बाँकी अंश →


विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध

कावासोती, १५ भदौ  स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय...बाँकी अंश →


‘खेलकूद संस्कार बोकेको खजुरा’

काशीराम शर्मा बाँके, १५ भदौ  ः बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागिसमेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । यसै वर्ष भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका महत्वपूर्ण चार विधाका खेल खजुरामा भए । यसले देशभरि खजुरालाई चिनाउने अवसर मात्रै दिएन,...बाँकी अंश →


पहिरोमा परी एकको मृत्यु

भोजपुर, १५ भदौ  भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले किच्दा उहाँको हात, खुट्टा र टाउकामा चोट लागेको र सो...बाँकी अंश →


विमानस्थलका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धी तालिम

काठमाडौँ, १५ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै कर्मचारीमा आज गर्नसकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास...बाँकी अंश →


होन्डुरसमा पत्रकारको हत्या

होन्डुरस  होन्डुरस, १५ भदौ (रासस-एएफपी) – मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ । होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा...बाँकी अंश →


अनदीको चामल पाउनै मुस्किल

नारायण अधिकारी चितवन, १५ भदौ  ः तीजको लामो र निराहार व्रतमा भोक नलागोस् भन्नका लागि अघिल्लो रात दर खाने प्रचलन रहिआएको छ । दरमा खाने चीज आडिलो भएमा भोलिपल्ट दिनभर नाचगानमा रमाउन सकिने भएकाले दरमा अनदीको चामलको भात (लट्टे) खाने गरिन्छ । पहाडी समुदायमा लट्टे बनाउनका लागि प्रयोग गरिने अनदीको...बाँकी अंश →


आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

काठमाडौँ, १५ भदौ  ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter