इलाम, १७ भदौ विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।बाँकी अंश →
चितवन, १७ भदौ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ । हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्यवस्था थियो । बेलुकाको बिहान...बाँकी अंश →
पर्वत, १७ भदौ –लक्ष्मीप्रसाद सापकोटा पर्वत, १७ भदौ (रासस) ः पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन् । गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए । बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे । जब खाजा खानका लागि...बाँकी अंश →
जुम्ला, १७ भदौ कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा उपचारका क्रममा...बाँकी अंश →
डोटी, १७ भदौ नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग । राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी...बाँकी अंश →
दमौली, १७ भदौ तनहुँको ब्यास नगरपालिका–५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले त्यस्ता घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरिसकेको छ । सो कार्यका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिनाका साथै लागि खरको छानो भएका घरको...बाँकी अंश →
इनरुवा, १७ भदौ । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत रु २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष...बाँकी अंश →
बाँके, १७ भदौं चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको...बाँकी अंश →
सिञ्जा, १७ भदौ जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताउनुभयो ।...बाँकी अंश →
म्याग्दी, १७ भदौ बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) स्थापना गरिएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर...बाँकी अंश →
सुरुङ्गा, १७ भदौ धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् । गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताउनुभयो । “पहिलोपटक...बाँकी अंश →
बलेवा, १७ भदौ बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट रु १० हजार ऋण लिएर बाख्रा पाल्न थाल्नुभएको थियो । उहाँले बाख्रा पालेरै छोराछोरी पढाउनुभयो, घर खर्च चलाउनुभयो र केही तरकारी पनि फलाउनुभयो । कालिका महिला सहकारीमार्फत रु १० हजारको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: