०२ चैत २०८१

समाचार

तीन जना पक्राउ

लहान, १९ भदौ  विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन...बाँकी अंश →


कला प्रदर्शनीः सम्बन्ध विस्तार र सिक्ने अवसर

काठमाडौँ, १९ भदौ  काठमाडौँको नक्सालमा आयोजना गरिएको चार देशीय कला प्रदर्शनी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को सहकार्यमा भएको ११ दिने प्रदर्शनीले सम्बन्ध विस्तारसँगै सिक्ने अवसर मिलेको कलाकारले बताएका छन् । प्रतिष्ठानको कार्यालय नक्सालमा गरिएको उक्त कला प्रदर्शनीमा नेपालसहित भारत,...बाँकी अंश →


सर्पले डस्दा बालिकाको मृत्यु

तुलसीपुर, १९ भदौ  दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा छ जना घाइते...बाँकी अंश →


डुबेर बालकको मृत्यु

म्याङ्लुङ, १९ भदौ  तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । साविक सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।बाँकी अंश →


सामूहिक प्रयासमा कालिजपालन

बनेपा, १९ भदौ  विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार÷व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो । सञ्चालकसमेत रहनु भएका बनेपा नगरपालिका–१४ का ईश्वर राउतको...बाँकी अंश →


विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

सुरुङ्गा, १९ भदौ    वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त...बाँकी अंश →


नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै

राँझा, १९ भदौ  भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन...बाँकी अंश →


फार्मलाई दुई करोड अनुदान

दमौली, १९ भदौ  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय...बाँकी अंश →


पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी, १९ भदौ  धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्नेे पर्यटक...बाँकी अंश →


कुटपिटमा संलग्न १६ जना पक्राउ

पर्वत, १९ भदौ  कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री,...बाँकी अंश →


शिक्षकलाई पाँच लाख सहयोग गरिने

इनरुवा, १९ भदौ  यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट...बाँकी अंश →


सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै

काठमाडौँ, १८ भदौ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाउनुभएको छ । संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि सरकारका तर्फबाट कुनै बन्देज, सेन्सर वा उल्झन नहुने स्पष्ट पार्दै उहाँले लोकतन्त्र र प्रेसलाई सँगसँगै हिँडाउने मान्यतालाई आत्मसात् गरी नयाँ कानून...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter