विदुर, २० भदौ नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ । विसं २०२१ मा...बाँकी अंश →
डोटी, २० भदौ प्राय दुर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको अभाबमा उपचारका लागि बिरामीहरू सदरमुकाम धाउन बाध्य भएको समाचार आइरहेका बेला यहाँका स्वास्थ्यकर्मीहरू बिरामीको बाटो कुर्छन्भन्दा अचम्म लाग्न सक्छ तर दिपायलस्थित जिल्ला आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीहरु सधैँ बिरामीको बाटो कुरिरहेका हुन्छन् । उक्त औषधालयमा कहिलेकाहीँ मात्रै एक–दुई बिरामी उपचारका लागि...बाँकी अंश →
काठमाडौँ, २० भदौ भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले...बाँकी अंश →
नेपालगन्ज, २० भदौ नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा दुरुपयोगका सम्बन्धमा केन्द्रीयस्तरको एक टोलीले छानबिन शुरु गरेको छ । सरकारले गठन गरेको सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सो मन्दिरको ८४ बिघा जग्गाबारे छानबिन शुरु गरेको हो । त्यसका साथै मन्दिरका नाममा रहेका अन्य जग्गा पनि छानबिन गरिने...बाँकी अंश →
हेटौँडा, २० भदौ प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख...बाँकी अंश →
धादिङ, २० भदौ विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो । ग्यास सिलिण्डर...बाँकी अंश →
गलकोट, २० भदौ बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा घरवास (होमस्टे) मा आलुका अनेक परिकार बन्छन् । जुन परिकारले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु...बाँकी अंश →
लहान, २० भदौ अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ । जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप अत्यधिक बढेसँगै श्यया र औषधिको अभाव भएको छ । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक १०० देखि १५० जनासम्म...बाँकी अंश →
गोरखा, २० भदौ इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओम अधिकारीले जानकारी दिनुभयो । इँट्टा कारोवार गर्दा बक्यौता रहेकोे...बाँकी अंश →
लहान, २० भदौ सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करीब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प...बाँकी अंश →
जुम्ला, २० भदौ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको डिजिटल नक्सा तयारबिना कर्णालीको विकास नहुने बताउनुभयो । कर्णालीमा विकास माग्ने र खाने संस्कृति मौलाउँदै गएकाले त्यसको अन्त्यका लागि हरेक...बाँकी अंश →
पाल्पा, २० भदौ रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ । पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो । पाल्पाको रम्भा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: