०२ चैत २०८१

समाचार

‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’

काठमाडौँ, २२ भदौ  यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →


जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

बैतडी, २२ भदौ    राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता÷कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश...बाँकी अंश →


नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

काठमाडौँ, २० भदौ  श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउदै १५९ रनको योगफल...बाँकी अंश →


नेकपा चितवनले लगायो ९८ वडाको टुङ्गो

चितवन, २० भदौ    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये...बाँकी अंश →


नदी पार गर्दा र कुवामा डुबेर दुईको मृत्यु

लमही, २० भदौ  दाङको दङ्गीशरण गाउँपालिकामा खोलाले बगाउँदा एक मजदूरको मुत्यु भएको छ । वडा नंं ४ बैवाङस्थित बबई नदीको निर्माणाधीन पुलमा मजदूरी गर्दै आएका बर्दिया गुलरिया नगरपालिका–१२ टरुवा बस्ने अन्दाजी ४० वर्षीय पूर्णबहादुर सुनारको बबई नदी पार गर्ने क्रममा आज बिहान नदीले बगाउँदा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी अंश →


डेङ्गु रोगी बढे

पोखरा, २० भदौ  कास्कीमा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीबारसम्ममा ६४९ डेङ्गु रोगबाट पीडित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा दुई जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका...बाँकी अंश →


गाईसहित मिनीट्रक र चालक नियन्त्रणमा

अमरगढी, २० भदौ  डडेल्धुरा जिल्लाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ गाईसहितको मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिकाबाट अवैधरुपमा तस्करी गरी मुगु पु¥याउन लागिएका सयौँ सङ्ख्याका गाईमध्ये १४ गाईसहितको से १ क ३०८ नम्बरको मिनीट्रक तथा त्यसका चालक प्रकाश थापा र सुरेन्द्र चन्दलाई...बाँकी अंश →


प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य

काठमाडौं, २० भदौ  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहनुभएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिनुभएको छ । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उहाँको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गर्नुभएको छ । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने...बाँकी अंश →


तरकारी व्यापारबाट सियावती आत्मनिर्भर

लहान, २० भदौ  लहान, २० भदौ (रासस) ः सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावती देवी रामलाई अचेल बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई छ । सामान्य लेखपढ गर्न समेत नजानेकी सियावती रामलाई बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजीकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । दुई वर्षअघिसम्म पुँजीको...बाँकी अंश →


भारतीय नागरिकद्वारा आत्महत्या

बनियानी, २० भदौ  झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरमनले फर्निचरमा प्रयोग...बाँकी अंश →


बेचबिखनको अन्त्य गर्नुपर्नेमा जोड

काठमाडौँ, २० भदौ  मानव बेचबिखन तथा ओसारपसारविरुद्ध समाजका सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ । सामुदायिक सेवा केन्द्रले १३औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज कुलेश्वरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले मानव बेचबिखन जघन्य अपराध भएकाले त्यसलाई अन्त्य गर्नुपर्ने विचार व्यक्त गर्नुभएको हो । सांसद कृष्णगोपाल श्रेष्ठले...बाँकी अंश →


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, २० भदौ  प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ । मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter