०२ चैत २०८१

समाचार

डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

काठमाडौँ, २२ भदौ  काठमाडौँ, २२ भदौ (रासस) ः पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा...बाँकी अंश →


सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर देवताको मेला

डोटी, २२ भदौ  डोटी र डडेल्धुरा जिल्लाको सिमाना नजिकै अवस्थित प्रमुख धार्मिकस्थल घण्टेश्वरमा मेला आज राति विशेष धार्मिक मेला लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजारजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइँदै आएकामा त्यसै व्यवस्थाअनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ । मेला व्यवस्थापन...बाँकी अंश →


एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत

काठमाडौँ, २२ भदौ    श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २६१ रनको योगफल बनायो । नेपालका...बाँकी अंश →


कर्मचारी नहुँदाका समस्या : न बैठक न राहत

बलेवा, २२ भदौ    दुई सातापहिले बागलुङको निसीखोला गाउँपालिका–३ की पूर्णकुमारी पुनको गोठमा आगलागी भयो । आगलागीबाट भैँसी र गोरु पनि जले । गोठै मासिएको पीडाले छटपटाउनुभएकी पुन जलेको गोठको पुनर्निर्माण गर्न राहतको खोजीमा हिँड्नुभयो । सामान्य परिवारकी उहाँलाई कुनै सानो सहायताले मात्रै पनि ठूलो राहत हुन्थ्यो । निसीखोला गाउँपालिकाले...बाँकी अंश →


बिरुवा सङ्क्रमित

पर्सा, २२ भदौ    अगहनी धानको बिरुवामा लागेको ‘सिथब्लाइट’ रोगका कारण धानको बिरुवा सड्न र सुक्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा लगाइएका अगहनी धानको ८० प्रतिशत बिरुवामा उक्त रोग लागेकाले उनीहरू चिन्तित भएका हुन् । जिल्लामा लगाइएको ३५ हजार हेक्टर उक्त जातको धानमध्ये २८ हजार हेक्टर खेतमा सिथब्लाइट...बाँकी अंश →


बेरोजगारका लागि ‘रोजगारी पसल’

राँझा, २२ भदौ  बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै...बाँकी अंश →


विद्यावारिधि प्राप्तको अनुभव ः ‘स्वदेशमै केही गर्न सकिन्छ’

काठमाडौँ, २२ भदौ    “राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।” सन् २०१८ मा काठमाडौँ विश्वविद्यालयबाट प्रारम्भिक वालविकास विषयमा विद्यावारिधि (पिएचडी) गरी सोही विषयमा अनुसन्धान–प्रशिक्षणमा कार्यरत डा...बाँकी अंश →


मखमली फूल र सिउडी फलको व्यावसायिक खेती

गलेश्वर, २२ भदौ  म्याग्दीमा पहिलोपटक मखमली फूल र डाइगन फुड (सिउडी फल)को व्यावसायिक खेती शुरु भएको छ । बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा हरियाली समूहले सञ्चालन गरेको नयाँ ढाँचाको आधुनिक कृषि फार्ममा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु भएको हो । रु छ करोडको लगानीमा शुरु भएको यस...बाँकी अंश →


दुई गाई तस्कर पक्राउ

जलेश्वर, २२ भदौ  नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनुभयो । आज सम्सी गाउँपालिका–७ स्थित...बाँकी अंश →


छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा

हेटौँडा, २२ भदौ  लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा...बाँकी अंश →


पुल नहुँदा जोखिमपूर्ण यात्रा

बैतडी, २२ भदौ    बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज...बाँकी अंश →


दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने

इनरुवा, २२ भदौ  यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६आँै जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter