०२ चैत २०८१

समाचार

न्यूनदृष्टियुक्तलाई प्रोत्साहन गर्न साङ्गीतिक कार्यक्रम

काठमाडौँ, २३ भदौ    न्यूनदृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । सेतो छडी बोक्ने दृष्टिविहीनलाई ‘विचरा’ मात्र देख्नेको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणस्वरुप आइतबार यहाँ आयोजित कार्यक्रममा ‘तपाईले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रम आयोजना गरी दृष्टिविहीन भएका व्यक्तिले...बाँकी अंश →


महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित

महोत्तरी, २३ भदौ    महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो । अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त...बाँकी अंश →


फिजियोथेरापी दिवसमा निःशुल्क शिविर

चिप्लेढुङ्गा, २३ भदौ    विश्व फिजियोथेरापी दिवसको अवसरमा आइतबार पोखरामा निःशुल्क फिजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसिएशन गण्डकीले स्कूल अफ हेल्थ एण्ड एलाइट्स साइन्सेसको सहयोगमा मानवअधिकार चोकमा शिविर गरेको हो । शिविर एक सय ४८ लाई सेवा उपलब्ध गराइएको एशोसिएशनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिनुभयो । शिविर...बाँकी अंश →


नगरपालिकाद्वारा विद्यार्थी सम्मानित

बनेपा, २३ भदौ  पनौती नगरपालिकाले शिक्षा शाखाको आयोजनामा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३आँै अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आइतबार ५६ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षा र आरधारभूत तहको २०७५ मा उत्कृष्ट अङ्क ल्याउन सफल पनौती नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगदसहित...बाँकी अंश →


एनआरएन चीनको महाधिवेशन सम्पन्नः कपिलबस्तुका बेल्बासे उपाध्यक्ष र मिर्जा सदस्यमा निर्विरो

ग्वान्जौ,चीन, गैरआवासीय नेपाली संघ चीनको महाधिवेशन ग्वान्जौमा यही ७ सेप्टेम्बरमा सम्पन्न भएको छ । ग्वान्जौ स्थित होटल क्राउन प्लाजाको सभाहलमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष सुदेश कुमार झाको सभापतित्वमा सम्पन्न भएको हो । वेइजिङ्ग स्थित नेपाली दुतावासका राजदुत श्री लिलामणी पौडेल नेपालमा रहनुभएकाले मिनिस्टर एवं डेपुटी चिफ अफ मिसन श्री सुशिल...बाँकी अंश →


शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २२ भदौ  साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि...बाँकी अंश →


विधेयक पारित

काठमाडौँ, २२ भदौ  प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै उहाँले...बाँकी अंश →


‘सरकार, कर छल्नेबाट कर उठाऊ’

काठमाडौं, २२ भदौ  ‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा यसरी आफ्नो विचार राख्दै सांसद हृदयेश त्रिपाठीले करको दर र मात्रा बढी भएका कारण नागरिकमा निराशा बढेकाले उनीहरूलाई राहत दिएर कानूनको बलमा...बाँकी अंश →


नेकपाको बृहत् कार्यकर्ता प्रशिक्षण हुने

इलाम, २२ भदौ    पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को इलाममा दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण हुने भएको छ । यही भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ । सहजीकरणका लागि...बाँकी अंश →


कोशी–ल्हासा राजमार्गमा यात्रुलाई सास्ती

खाँदबारी, २२ भदौ    सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने छ किमी सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ । सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी...बाँकी अंश →


घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

वालिङ, २२ भदौ  वालिङ, २२ भदौ (रासस) ः स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बर वडामा अवस्थित घ्वाङखोलामा आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरेसँगै धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र बन्दै गएको हो ।...बाँकी अंश →


दूधकोशी जलविद्युत् आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

खोटाङ, २२ भदौ  खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter