घोडाघोडी, २३ भदौ ः सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिनुभयो...बाँकी अंश →
काठमाडौँ, २३ भदौ ः नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा...बाँकी अंश →
कञ्चनपुर, २३ भदौ ः एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको...बाँकी अंश →
महोत्तरी, २३ भदौ महोत्तरी, २३ भदौ (रासस) ः विगतमा चारकोसे झाडी भनिने महोत्तरीको वनक्षेत्र दिनहुँ उजाडिने क्रम बढ्दो छ । जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग छिचोल्न पार गर्नुपर्ने सघन वनक्षेत्र पछिल्ला चार दशकयता उजाडिने क्रम बाक्लिएको हो । विसं २०३६ अघि करिब ४० हजार हेक्टरको हाराहारीमा रहेको जिल्लाको राष्ट्रिय...बाँकी अंश →
दमौली, २३ भदौ ः तनहुँको व्यास नगरपालिकाको विकासको विद्यमान अवस्था, सम्भावना र स्रोतका सम्बन्धमा आवश्यक सूचना व्यवस्थापन गर्न पाश्र्वचित्र तयार पारिएको छ । नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, पूर्वाधारलगायत क्षेत्रको विद्यमान स्थिति झल्काउन पाश्र्वचित्र तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको जनसाङ्ख्यिक, भू–जैविक, भौतिक, मानवीय, आर्थिक, सामाजिक, वातावरण र संस्थागत क्षेत्रको...बाँकी अंश →
राँझा, २३ भदौ अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ । कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि...बाँकी अंश →
चितवन, २३ भदौ ः विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार...बाँकी अंश →
चितवन, २३ भदौ यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई...बाँकी अंश →
बनेपा, २३ भदौ ः बनेपा ब्वाइज क्लब (बीबीसी) बनेपाको आयोजनामा आगामी असोज ६ गतेदेखि ११ दिनसम्म ‘बनेपा महोत्सव–२०७६’ हुनेभएको छ । क्लबले आयोजना गर्न लागेको यो तेस्रो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने तेस्रो व्यापारिक,...बाँकी अंश →
काशीराम शर्मा बाँके, २३ भदौ ः नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर सटर विवादका कारण चर्चामा छ । मन्दिर क्षेत्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको छ । अधिकांशको सुझाव र दबाब मन्दिर परिसरमा सटर नबनाऊँ भन्ने छ । ‘अनि मन्दिर व्यवस्थापन खर्च कसरी चलाउने ?’, बागेश्वरी...बाँकी अंश →
राजविराज, २३ भदौ सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।बाँकी अंश →
ओखलढुङ्गा, २३ भदौ आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: