०१ चैत २०८१

समाचार

सामुदायिक वनको सहयोगमा विद्यालय सञ्चालन

खलङ्गा, २४ भदौ  जुम्लाको पातारासी गाउँपालिका खालाढिकमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई यहाँको एक सामुदायिक वनले सञ्चालन गरेको छ । शिक्षा क्षेत्रलाई अहिले समुदायस्तरबाट निकै महत्वका साथ लिने गरिएको छ । सामुदायिक वनले शिक्षा क्षेत्रमा शिक्षक र भौतिक पूर्वाधारमा लगानी गर्दै आएको छ । फुर्केसल्ला सामुदायिक वनले पाँच जना शिक्षकको तलबमा...बाँकी अंश →


वन्यजन्तु र पशुचौपायाबीच द्वन्द्व बढ्दै

दार्चुला, २४ भदौ  मार्मा गाउँपालिका–२ का लोकेन्द्रबहादुर सिंहका एक महीना अघि दुई बाख्रा र एक खसी जङ्गलमा चराउन लगेका बेला चितुवाले खाइदियो । घर नजिकै रहेको जङ्गलमा चराउन लगिएका बेला खसीबाख्रा चितुवाको शिकार बने । निकै परिश्रम गरेर पालेका खसीबाख्रा चितुवाले खाएपछि सिंह निकै निराश हुनुभयो । त्यही ठाउँ बस्ने...बाँकी अंश →


‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन

दमौली, २४ भदौ  इलाका प्रहरी कार्यालय भीमाद र बेलचौताराले ‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन गरेको छ । क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लागुऔषधलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले प्रहरीले सो अभियान सञ्चालन गरेको हो । विद्यालय र क्याम्पस तहमा अध्ययनरत विद्यार्थी बढी मात्रामा लागुऔषध दुव्यर्सनीमा फस्न सक्ने भएकाले...बाँकी अंश →


गाईपालनतर्फ किसान आकर्षित

इनरुवा, २४ भदौ  सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । जिल्लामा आव २०७४÷०७५ मा तीन लाख...बाँकी अंश →


डेढ महीनामा ६८२ चालक कारवाहीमा

अमरगढी, २४ भदौ  जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् । ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी...बाँकी अंश →


अत्याधुनिक बसपार्क तयार

राँझा, २४ भदौ  नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा...बाँकी अंश →


फौजी किरा नियन्त्रणमा

भद्रपुर, २४ भदौ  झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान...बाँकी अंश →


संविधान प्रतिकूलका कुनै पनि विधेयक स्वीकार्य छैन : काङ्ग्रेस

काठमाडौँ, २४ भदौ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राख्नुभएको फरक मतप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत सरकारद्वारा सङ्घीय संसद्मा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिमा छलफलका क्रममा...बाँकी अंश →


अरनिको राजमार्ग निर्माण गरिँदै

बनेपा, २४ भदौ  सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । गत साउन २५ गते राति परेको भारी वर्षाका कारण चाखोलामा गएको बाढीले खोला दायाँबायाँ काटिएर ठाउँ÷ठाउँमा भासिएर क्षति पुगेको अरनिको राजमार्गको जेरोकिलो दोलालघाट सडकखण्डअन्तर्गत ५४...बाँकी अंश →


टोल सुरक्षामा गाउँलेको गस्ती

दमक, २४ भदौ  चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका–८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासका बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन् । चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण...बाँकी अंश →


बीस वर्षदेखि शरीरमा गोली

रुकुमपूर्व, २४ भदौ  एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ...बाँकी अंश →


अलैँचीमा रोगको सङ्क्रमण

इलाम, २४ भदौ  राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् । केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter