सोलुखुम्बु, २५ भदौ सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मङ्गलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले...बाँकी अंश →
बैतडी, २५ भदौ बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...बाँकी अंश →
मेलम्ची, २५ भदौ मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो । नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स...बाँकी अंश →
इलाम, २५ भदौ हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न सर्भे गर्न लागिएको हो । ‘टान्समिसन सिसमेन्ट सर्भे’ नामक सर्भे यही भदौ २२ गतेबाट इलाम र पाँचथरमा शुरु गरिएको छ...बाँकी अंश →
दमौली, २५ भदौ गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा...बाँकी अंश →
मु्ग्लिन, २५ भदौ पृथ्वीराजमार्गअन्र्तगत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उहाँ यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब...बाँकी अंश →
काठमाडौँ, २४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेल ९ क्भबल इ ँभबचनजबष्०ि ले आज शिष्टाचार भेटघाट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उक्त...बाँकी अंश →
घोराही, २४ भदौ दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताउनुभयो । पक्राउ परेका...बाँकी अंश →
काठमाडौँ, २४ भदौ प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको...बाँकी अंश →
भजनी, २४ भदौ कैलालीको टीकापुर नगरपालिकाले निर्माण गरेको टीकापुरको मिनीबसपार्क क्षेत्र छाडा पशु चौपायाको बासस्थानको रुपमा परिणत हुँदै गएको छ । आर्थिक वर्ष २०७४÷७५ मा करीब रु २० लाख नगरपालिकाबाट र बाँकी उपभोक्ता समितिमार्फत जनश्रमदान गरी निर्माण गरिएको मिनी बसपार्क नगरप्रमुखले उद्घाटन गरेपनि पछिल्लो समय बसपार्क प्रयोगविहीन हुँदा छाडा पशु...बाँकी अंश →
लम्की, २४ भदौ कैलालीका राजी परिवार व्यावसायिक कुखुपालनतर्फ आकर्षित भएका छन् । राजी समुदायले जीविकोपार्जनका लागि कुखुरा, बाख्रा, बङ्गुरपालनजस्ता व्यवसाय गर्न थालेका हुन् । गत वर्षबाट कुखरापालन व्यवसाय थाल्नुभएका टीकापुरका चित्रबहादुर राजीले गत वर्ष राम्रो आम्दानी भएपछि यस वर्ष व्यवसाय विस्तार गर्ने योजना बनाउनुभएको छ । “गत वर्ष ५०० बोइलर...बाँकी अंश →
काठमाडौँ, २४ भदौ ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले शिक्षा र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: