१२ फागुन २०८१

समाचार

मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना...बाँकी अंश →


बाजुरा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागले...बाँकी अंश →


नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौँ – नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेश गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले...बाँकी अंश →


प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गरिने

काठमाडौँ –  प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय माध्यमबाट हाजिरी गर्नुपर्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय हाजिरी गर्नुपर्ने निर्णय गरेको हो । यही अधिवेशनबाट यस्तो व्यवस्था गर्न लागिएको छ । सभामुख देवराज घिमिरेका अनुसार सांसदहरूको हाजिरी वेबसाइटमार्फत सोही दिन सार्वजनिक हुनेछ । सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा...बाँकी अंश →


राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

काठमाडौँ- सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा रूपमा परिभाषित गर्दै यसलाई दण्डनीय हुने व्यवस्था...बाँकी अंश →


नेपाली क्रिकेट टोलीका खेलाडी र प्रशिक्षकलाई सरकारले जनही छ लाख दिने

काठमाडौँ- एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट जनही टिमका सबै सदस्य र प्रशिक्षकलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले  खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई...बाँकी अंश →


सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै

खार्तुम- सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको...बाँकी अंश →


उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

काठमाडौँ – आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम जारी रहेको छ।...बाँकी अंश →


देशमा शान्तिको कामनासहित हर्षोउल्लासका साथ मनाइयो ईद

काठमाडौँ –मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । एक महिना सम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन ईद मनाउने गरिएको छ । विभिन्न स्थानमा रहेको मस्जिद तथा ईदगाहहरुमा विशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाउन शुरु गरिएको छ । विशेष गरि नेपालमा शान्तिको कामना लगायत...बाँकी अंश →


विदेशीको हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेः चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेको बताएका छन्। बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताए। उनले विदेशी नागरिकले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए। उनले स्थापित...बाँकी अंश →


ढाकाकुमार श्रेष्ठलाई रास्वपाले सांसदबाट हटायो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएको छ। बाहिरिएको अडियो ढाकाकुमार श्रेष्ठकै रहेको ठहर गर्दै रास्वपाले उनलाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाटै हटाएको हो। रास्वपा केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत बताएका छन्। पत्रकार सम्मेलनमा...बाँकी अंश →


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने मन्त्रिपरिषद्को निर्णय

काठामडौँ-सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको साउनको २३ गतेदेखि यहाँ निर्माणको काम भएको छैन। निर्माणको क्रममा उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि धुर्मुस–सुन्तली फाउण्डेशन रंगशाला निर्माणबाट पछि हटेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter