स्याङ्जा, २५ भदौ पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् । पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नै गाउँघरमा...बाँकी अंश →
इलाम, २५ भदौ आउँदो वर्ष ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउनका लागि पूर्वी जिल्लाका व्यवसायीले तयारी शुरु गरेका छन् । भ्रमण वर्ष सफल बनाउन मेची अञ्चलका पर्यटन व्यवसायीले समिति गठन गर्नेदेखि ‘टुरिजम प्याकेज’ बनाउने कामसमेत थालेका छन् । पर्यटन व्यवसायीहरुको भेलाले राजेन दङ्गालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको...बाँकी अंश →
गलेश्वर, २५ भदौ प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् । बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका...बाँकी अंश →
बारा, २५ भदौ बाराको जितपुर सिमरा उपमहानगरपालिकाअन्र्तगत पर्ने अम्लेखगञ्ज क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ । खाने पानीका लागि स्थानीय पुराना धारा, नदी, प्राचीन ढुङ्गेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । यसको प्रभाव अति व्यस्त पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीगञ्ज राजमार्गको आसपासमा रहेका होटलमा समेत परेको छ...बाँकी अंश →
मीन ठकुरी अत्तरिया, २५ भदौ कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । दरबार संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा रहेको छ । सरोकारवाला...बाँकी अंश →
कावासोती, २५ भदौ पहिलोपटक राष्ट्रिय प्रसारणको विद्युत् पुग्दा नवलपुरको पहाडी क्षेत्र द्वारीका स्थानीयवासी खुशी भएका छन् । नगरपालिकाकै वडा भए पनि अझैसम्म विद्युत् नपुग्दा यहाँका स्थानीयवासी टुकीको भरमा बस्नुपर्ने बाध्यता रहेको थियो । मध्यबिन्दु नगरपालिका–१४ मा पर्ने द्वारीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् पहिलोपटक पुगेको हो । पहिलोपटक गाउँमा बिजुली आएको...बाँकी अंश →
काठमाडौ , भाद्र २५ हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता सहितका पाँच नेता चुनावको पूर्वसन्ध्यामा तत्कालीन एमाले संग गठबन्धन गर्दै सूर्य...बाँकी अंश →
काठमाडौँ, २५ भदौ नेपाल प्रहरीले मानव सेवा आश्रमलाई रु ३० हजार सहयोग गरेको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक १५५ औँ समूहले प्रहरी अधिकृत सेवाको नौ वर्ष पुरा गरी १० वर्ष पूरा गरेको अवसरमा मङ्गलबार साँझ मानवसेवा आश्रम सामाखुशीलाई उक्त सहयोग गरेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख,...बाँकी अंश →
विराटनगर, २५ भदौ दशैँलाई ध्यान राखेर घरलु तथा कुटिर उद्योगद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न यहाँ आगामी असोज १० देखि १४ गतेसम्म कोसेली महोत्सव गरिने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौँ, स्वदेशी उत्पादनको प्रयोग गरौँ’ भन्ने नाराका साथ महिला उद्यम समिति, उद्योग सङ्गठन मोरङ र नेपाल युवा उद्यमी...बाँकी अंश →
राँझा, २५ भदौ यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →
रुकुमपूर्व, २५ भदौ जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरिए पनि न्यून उजुरी पर्ने गरेका छन् । अझै पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहेको पाइएको छ । नगरपालिकामा नगर उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील...बाँकी अंश →
दार्चुला, २५ भदौ शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । अहिलेको बर्खा सकिनैलाग्दा त्यो टोलवासीले बर्खाको समस्या झेल्नुपरेन । सबैभन्दा बढी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: