काठमाडौँ, ३० भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभएको छ । पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो,...बाँकी अंश →
खलङ्गा, ३० भदौ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गर्नु भएको छ । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल हुनुभयो भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ...बाँकी अंश →
फिक्कल, ३० भदौ नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नु भएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको छ । उहाँलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो...बाँकी अंश →
काठमाडौँ, ३० भदौ काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ । निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम...बाँकी अंश →
मिक्लाजुङ, ३० भदौ रोपाइँ गर्दा बेठी लगाउने प्रचलन हराउँदै गएको हुँदा संस्कृति संरक्षणको निम्ति भन्दै आइतबार पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा रोपाइँ जात्रा देखाइएको छ । धान रोपाइँ गर्दा पहिल्यै गाउँघरमा बेठी लगाउने प्रचलन रहेको तर अहिले उक्त प्रचलन हराउँदै गएको हुँदा रोपाइँ जात्रा देखाइएको वडाध्यक्ष गोपाल गुरुङले बताउनुभयो । रानीटार...बाँकी अंश →
गलेश्वर, ३० भदौ गण्डकी प्रदेशको संसदीय टोलीले बेनी नगरपालिका–२ खबरास्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । २५ पुरुष र सात महिला गरी कूल ३२ जनाको क्षमता रहेको म्याग्दी कारागारमा हाल ९३ पुरुष र सात महिला गरी १०० कैदीबन्दी रहेका छन् । प्रदेश मामिला समितिका दीपक थापाको संयोजकत्वमा आइतबार चिन्ताबहादुर...बाँकी अंश →
दमौली, ३० भदौ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई...बाँकी अंश →
ललितपुर, ३० भदौ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको...बाँकी अंश →
पोखरा, ३० भदौ गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने...बाँकी अंश →
डोटी, ३० भदौ जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । अनलाइनबाट सेवा दिने डोटीको...बाँकी अंश →
सप्तरी, ३० भदौ सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ...बाँकी अंश →
मुग्लिन, ३० भदौ चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: