२८ फागुन २०८१

समाचार

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा ः मुख्यमन्त्री राई

विराटनगर, ३० भदौ  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो...बाँकी अंश →


मदन भण्डारी राजमार्गको डिपिआर शुरु

सुर्खेत, ३० भदौ    पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण शुरु भएको छ । पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको काम शुरु गरिएको हो । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्म जोडिने ‘नेशनल हाइवे ०९’ नामक मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको काल्चे, मालारानी,...बाँकी अंश →


अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन, ३० भदौ    विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण...बाँकी अंश →


गाईगोरुसहित एक जना पक्राउ

जलेश्वर, ३० भदौ  नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका सात गाईगोरुसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का १९ वर्षीय नजाम अंसारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रहरी चौकी रघुनाथपुरको टोलीले अंसारीलाई सोनमा गाउँपालिका–३ बाट गाईगोरुसहित नियन्त्रणमा लिएको हो । उनलाई...बाँकी अंश →


हनुमाननगरमा अजिङ्गर भेटियो

राजविराज, ३० भदौ  सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५÷२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →


राष्ट्रियसभा सञ्चालन

काठमाडौँ, ३० भदौ  आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो । बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।...बाँकी अंश →


सानो नेते खोलामा पक्की पुल निर्माण

सुरुङ्गा, ३० भदौ  दक्षिणी इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका जोड्ने सडक खण्डको सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि उत्तरी झापा र दक्षिणी इलामका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । अर्जुनधारा नगरपालिका–१ सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि अर्जुनधारा–१ र २ सँगै इलामको दक्षिणी भेगमा पर्ने रोङ...बाँकी अंश →


बाघले बढायो पर्यटक

बाँके, ३० भदौ    बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको...बाँकी अंश →


बढ्दै सम्बन्धविच्छेद

बागलुङ, ३० भदौ  आर्थिक वर्ष ०७३÷०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४÷०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे । गत आवमा भने मुद्दाको सङ्ख्या ह्वात्तै बढेर १९३ पुग्यो । यो आँकडाले जिल्लामा सम्बन्धविच्छदेका घटना बढ्दै गएको देखाउँछ । अदालतका अनुसार चालू आवमा पनि...बाँकी अंश →


झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी

सुरुङ्गा, ३० भदौ  तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न...बाँकी अंश →


स्याउ टिप्दै मनाङ एग्रो

मनाङ, ३० भदौ  स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ । नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ । सेप्टेम्बर महीनाको शुरुदेखि स्याउ टिप्न थाल्ने भए पनि अहिले अलि ढिलो भएको हो । स्याउको रङ र स्वाद...बाँकी अंश →


अवैध बालुवा उत्खननमा संलग्न स्काभेक्टरमा साङ्लो

बेत्रावती, ३० भदौ      नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर (हेभी उपकरण) प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो । नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter