२८ फागुन २०८१

समाचार

विज्ञान प्रविधिमा अनुसन्धान व्यापक बनाउन जोड

काठमाडौँ, ३० भदौ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान व्यापक बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा भएको छलफलमा उहाँले अनुसन्धानको क्षेत्र व्यापक बनाउँदै जानुपर्ने...बाँकी अंश →


क्यान निर्वाचनको नयाँ मिति तय

काठमाडौँ, ३० भदौ  ः नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति...बाँकी अंश →


समाजको हितमा काम गर्नेलाई सहयोग हुन्छ– मुख्यमन्त्री गुरुङ

पोखरा, ३० भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकूदका माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबको भूमिका प्रशंसायोग्य भएको बताउनुभयो ।...बाँकी अंश →


मुक्त कमलरीलाई छात्रवृत्ति

कञ्चनपुर, ३० भदौ  उच्च शिक्षामा पहुँच पु¥याउने उद्देश्यले तीन जिल्लाका १६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजनाअन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ । उक्त परियोजनाअन्तर्गत कमलरी बालिकालाई बैंकमार्फत उच्च शिक्षाका लागि रु दुई हजार ५०० का दरले छात्रबृत्ति रकम उपलब्ध गराउँदै आइएको प्लान...बाँकी अंश →


विद्यालयमा डेङ्गु रोकथाम अभियान

धनगढी, ३० भदौ  डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने...बाँकी अंश →


आलेख ः पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’

बागलुङ, ३० भदौ    बागलुङ, ३० भदौ (रासस) ः ‘रुनासुङ्गे, पुसापु, घुँयाली...’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उहाँ गीत भट्याउनुहुन्छ, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’...बाँकी अंश →


स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

काठमाडौँ, ३० भदौ    संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक...बाँकी अंश →


‘यलम्बर’ले हेरे इन्द्रजात्रा

काठमाडौँ, ३० भदौ    नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ । जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि...बाँकी अंश →


लोप भए माटोका गाग्री

जाजरकोट, ३० भदौ  चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् । परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा...बाँकी अंश →


एएफसी फुटबल ः नेपालले कुवेतसँग खेल्ने

काठमाडौँ, ३० भदौ  जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो...बाँकी अंश →


नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडौँ, ३० भदौ  राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले...बाँकी अंश →


पुल निर्माण

कावासोती, भदौ ३०  नवलपरासी पूर्व नवलपुरको विनयीखोलामा रु नौ करोडको लागतमा पुल निर्माण गरिएको छ । विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो । दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावत सहज हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter