डोटी, ३१ भदौ दशँै तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो । दशँै तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको...बाँकी अंश →
दार्चुला, ३१ भदौ जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखरखेती विस्तार गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखरखेती विस्तार गरिने भएको हो । स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ । गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उहाँको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १०...बाँकी अंश →
बनेपा, ३१ भदौ मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक...बाँकी अंश →
सप्तरी, ३१ भदौ हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर (केराउ) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेतको नेतृत्वमा पुगेको टोलीले छापा मारी ठूलो परिमाणमा मटर बरामद गरेको हो । स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा प्रहरीले छापा...बाँकी अंश →
कावासोती, ३१ भदौ नवलपरासीपूर्व नवलपुरको धौवादीमा रहेको फलामखानी उत्खननका लागि सरकारले अग्रसरता देखाएको छ । सरकारले धौवादी फलामखानी लिमिटेड कम्पनी स्थापना गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेसँगै फलाम खानी उत्खननका लागि बाटो खुलेको छ । खानी तथा भू–गर्भ विभागले समेत थप अध्ययनको कामलाई निरन्तरता दिँदै आएको छ । फलाम खानी...बाँकी अंश →
जाजरकोट, ३१ भदौ बारेकोट गाउँपालिका–४ का जिरीका सर्वराज रावत सिँचाइ योजना निर्माण गर्न प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर लग्न थालेको तीन दिन भयो । योजनाको निर्माणस्थलसम्म यातायातका साधन नपुग्दा सामग्री ढुवानीको समस्याले गर्दा पाइप पिठ्यूँमा बोकेर लगेको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको कालीमटीदेखि बारेकोटसम्म सामग्री बोकेर लग्न मात्र दुई दिन...बाँकी अंश →
ललितपुर, ३१ भदौ गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने...बाँकी अंश →
डोटी, ३१ भदौ कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं...बाँकी अंश →
पोखरा, ३१ भदौ कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका–१ सिक्लेसमा रु दुई करोडको लागतमा नम्जु च्युउली युँउला क्होइबु निर्माण गरिने भएको छ । तमू जातिको मौलिक एवं कुलधर्म बोन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यका साथ क्होइबु निर्माण गर्न लागिएको हो । तमू जातिको जीवन्त सङ्ग्रहालयजस्तै रहेको सिक्लेसको ऐतिहासिक एवं सांस्कृतिक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: