२७ फागुन २०८१

समाचार

दुर्घटनामा एकको मृत्यु

चितवन, ३१ भदौ भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको...बाँकी अंश →


तनहुँ जलविद्युत् आयोजना ः ४४ प्रतिशत वित्तीय प्रगति

दमौली, ३१ भदौ  कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५÷७६ मा विनियोजित रु पाँच अर्बमध्ये रु दुई अर्ब २२ करोड ९२ लाख ८२ हजार मात्रै खर्च भएको छ । आयोजनाको पूँजीगततर्फ विनियोजित रकममध्ये रु...बाँकी अंश →


इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

इलाम, ३१ भदौ    राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत हुनुहुन्छ । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा...बाँकी अंश →


गलकोटमा व्यावसायिक कागतीखेती

गलकोट, ३१ भदौ  बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताउनुभयो । गत वर्ष ४०० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती...बाँकी अंश →


गाउँपालिका कार्यालय तोडफोडको आरोपमा पक्राउ

कास्की, ३१ भदौ  गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए...बाँकी अंश →


सांस्कृतिक ग्राम बन्दै सिक्लेस

पोखरा, ३१ भदौ    कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसलाई सांस्कृतिक ग्रामकारुपमा विकास गरिने भएको छ । गुरुङ समुदायको प्राचीन बस्ती सिक्लेलको ऐतिहासिक एवं संस्कृतिक महत्वलाई जीवन्त राख्ने सोचका साथ सांस्कृतिक ग्राम बनाउने अवधारणा अघि सारिएको हो । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै सांस्कृतिक ग्राम बनाउने...बाँकी अंश →


जागरण अभियानमा शीर्ष नेताको सक्रियता

काठमाडौँ ३१ भदौ  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म...बाँकी अंश →


वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ

काठमाडौँ, ३१ भदौ  वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट...बाँकी अंश →


७४ छाडा कुकुरको बन्ध्याकरण

मेलम्ची, ३१ भदौ  बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले...बाँकी अंश →


बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

दार्चुला, ३१ भदौ    अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ । सङ्कलन...बाँकी अंश →


कृषिको बजारीकणका लागि किसान बजार

पोखरा, ३१ भदौ  कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्षयका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा आजदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ । कृषि विकास कार्यालयको स्वामित्वमा रहेको र कृषि सामग्री संस्थान तथा खाद्य संस्थानले भोगचलन गर्दै आएका जग्गामा २४ वटा व्यापारिक कक्षसहित बजार सञ्चालनमा ल्याइएको हो । महानगरमा...बाँकी अंश →


मुना खत्री ः जसले अन्तरराष्ट्रिय मानव तस्करको जालो तोडिन

गलेश्वर ३१ भदौ    म्याग्दीकी एक युवतीको आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिनुका साथै इन्डोनेसियामा अलपत्र छ जना नेपालीको उद्धार भएको छ भने मानव तस्कर पक्राउ परेका छन् । थोरै पैसा लगानीमा सुरक्षित र छोटो बाटो समुद्री तथा स्थलमार्ग हुँदै अष्टे«लिया पुगिने सपना बोकेर आठ महीना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter