गोरखा, १ असोज गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले...बाँकी अंश →
काठमाडौँ, १ असोज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ । कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ । मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर...बाँकी अंश →
जलेश्वर, १ असोज करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नपा–८ बस्ने...बाँकी अंश →
पोखरा, १ असोज निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग...बाँकी अंश →
भोजपुर, १ असोज अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ । बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ । स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको...बाँकी अंश →
दार्चुला, १ असोज महाकाली नगरपालिका–५ खलङ्गाका करनसिंह बोहराले महाकाली नदीको बालुवाका भरमा परिवारको जोहो गर्नुहुन्छ । बर्खायाममा नदीले थुपारेको र बगाएर ल्याउने बालुवा सङ्कलन गरेर उहाँले पाँच जनाको परिवार पाल्नुभएको छ । बैतडीको पुच्र्यौडी नगरपालिका–५ बाट कामको सिलसिलामा २० वर्षअघि यहाँ आउनुभएका बोहराले पूरै परिवार खलङ्गा ल्याउनुभएको छ । शुरुमा...बाँकी अंश →
मिक्लाजुङ, १ असोज पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पर्यटकीयस्थलका रुपमा परिचित तिम्बुपोखरी जाने मौसम शुरु भएको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूल फुल्ने समयमा तिम्बुपोखरी जान उचित समय मानिन्छ । वर्षेनी कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको सङ्ख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा...बाँकी अंश →
बाजुरा, १ असोज गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका...बाँकी अंश →
राँझा, १ असोज बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ । बाँकेका आठ स्थानीय तहको...बाँकी अंश →
सङ्खुवासभा, १ असोज जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे...बाँकी अंश →
बनेपा, १ असोज अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । “त्यो...बाँकी अंश →
महोत्तरी, १ असोज मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो । पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: