न्यूयोर्क, ९ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा आजको बैठक...बाँकी अंश →
कास्की, ९ असोज नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताउनुभएको छ । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको बुधबार साँझ निरीक्षण गर्दै सरकारले सागमा...बाँकी अंश →
बनेपा, ९ असोज भूकम्पपछिको पुनःनिर्माणको काममा सहयोग गर्दै आइरहेका कारितास नेपालले मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डनमा एक हजार १११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग गरेको छ । भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणका साथै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।...बाँकी अंश →
न्यूयोर्क, ९ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हो भन्नुभयो ।...बाँकी अंश →
न्यूयोर्क, ९ असोज नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो...बाँकी अंश →
चिप्लेढुङ्गा, ९ असोज चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ । पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।...बाँकी अंश →
बाँके, ९ असोज मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य...बाँकी अंश →
बुटवल, ८ असोज स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ । लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका...बाँकी अंश →
दमक, ८ असोज झापाको दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नं ३ मा साढे दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवद्र्धन गरेको छ । दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करीब...बाँकी अंश →
काठमाडौँ, ८ असोज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७आँै साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित हुुनुभएको छ । उहाँले कूल ३३० मत...बाँकी अंश →
चिप्लेढुङ्गा, ८ असोज प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो...बाँकी अंश →
कञ्चनपुर, ८ असोज शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् । “जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: