२६ फागुन २०८१

समाचार

भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

सोलुखुम्बु, ९ असोज    जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले...बाँकी अंश →


शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु

पाल्पा, ९ असोज  पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताउनुभयो । गएराति ११ बजेतिर उनको मृत्य भएको...बाँकी अंश →


खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

बाँके, ९ असोज  बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि...बाँकी अंश →


दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा

महोत्तरी, ९ असोज  मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको...बाँकी अंश →


एउटै महिलाको दुई नागरिकता ः बाबु र ठेगाना फरक–फरक

स्याङ्जा, ९ असोज  यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा नागरिकता लिएको तथ्य खुलेको छ । ती महिलाले पहिलो नागरिकता साविकको कुवाकोट गाविस वडा नं ३ (हालको चापाकोट नगरपालिका १०)े ठेगाना राखेर...बाँकी अंश →


पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ शहरतिर

बाजुरा, ९ असोज    पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताउनुभयो ।...बाँकी अंश →


हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा

हेटौँडा, ९ असोज  हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि सुचारु भएको छ । सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ । सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो...बाँकी अंश →


पर्यटकको सुरक्षामा सक्रिय हुन प्रहरीलाई निर्देशन

काठमाडौँ, ९ असोज  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिनुभएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उहाँले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार,...बाँकी अंश →


लागुऔषधसहित दुई युवक पक्राउ

लहान, ९ असोज  प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र...बाँकी अंश →


डुबेर एकको मृत्यु

जाजरकोट, ९ असोज  भेरी नगरपालिकाको निर्माणाधीन भवनको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१ मैदेका अन्दाजी ४५ वर्षीय लोकबहादुर राना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सदरमुकाम खलङ्गामा लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका राना मदिरा सेवन गरेको अवस्थामा लिफ्टका लागि बनाएको खाडलमा डुबेको...बाँकी अंश →


करेन्ट लागेर एकको मृत्यु, खोलामा खसेर एक जना बेपत्ता

म्याग्दी, ९ असोज  म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा...बाँकी अंश →


बु्रमर सञ्चालनको पाँच महीना ः सडकको अवस्था उस्तै

काठमाडौँ, ९ असोज    काठमाडौँ महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter