०२ जेठ २०८२

राष्ट्रिय

केदारनाथ दर्शनमा गएका १९ नेपाली पहिरोमा परी बेपत्ता

भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बेपत्ता हुनेमा धेरैजसो जुम्लाको पातरासी गाउँपालिकाका रहेको बुझिएको छ। बिहीबार राति गएको पहिरोमा...बाँकी अंश →


राष्ट्रपति पौडेलसँग चिनियाँ नेता युआनको भेट

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का शीर्ष नेता युआन च्या च्युनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आइतबार मात्रै काठमाडौँ आइपुगेका नेता युआनले राष्ट्रपति भवन शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका हुन्। भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका...बाँकी अंश →


एसईईको नतिजा सार्वजनिक, एसईईका कुन जीपीए ल्याउने कति?

काठमाडौं- एसईईको बिहीबार प्रकाशित नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ छ। त्यस्तै, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२...बाँकी अंश →


रास्वपामाथि अन्य दलहरुले घेराबन्दी गरिरहेका छन्ः रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले...बाँकी अंश →


भारत भ्रमणका क्रममा प्रचण्डले नेपालको हितमा चुइँक्क बोलेनन्ः केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन्। मित्रराष्ट्र भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो। काठमाडौंमा शनिबार आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उनले वर्तमान सरकारलाई नालायकको संज्ञा...बाँकी अंश →


माओवादी पार्टी बिग्रिनुको प्रमुख कारण नेता/कार्यकर्ता जनतामा नजानु हो: महरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्विकार्य नहुने दाबी गरेका छन्। प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्। उनले भने, ‘पार्टी केही बिग्रिएको छ। यसको...बाँकी अंश →


मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्। शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी...बाँकी अंश →


नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौँ – नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेश गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले...बाँकी अंश →


प्रतिनिधिसभामा विद्युतीय हाजिरीको व्यवस्था गरिने

काठमाडौँ –  प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय माध्यमबाट हाजिरी गर्नुपर्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभामा सांसदहरूले विद्युतीय हाजिरी गर्नुपर्ने निर्णय गरेको हो । यही अधिवेशनबाट यस्तो व्यवस्था गर्न लागिएको छ । सभामुख देवराज घिमिरेका अनुसार सांसदहरूको हाजिरी वेबसाइटमार्फत सोही दिन सार्वजनिक हुनेछ । सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा...बाँकी अंश →


राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

काठमाडौँ- सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा रूपमा परिभाषित गर्दै यसलाई दण्डनीय हुने व्यवस्था...बाँकी अंश →


सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै

खार्तुम- सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको...बाँकी अंश →


उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

काठमाडौँ – आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम जारी रहेको छ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter