काठमाडौँ, २० वैशाख ,, नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै...बाँकी अंश →
काठमाडौँ, २० वैशाख ,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो । उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम...बाँकी अंश →
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताउनुभयो । समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति...बाँकी अंश →
बनेपा, २० वैशाख ,, बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो । उहाँले भन्नुभयो, “सबै काम मिलाएर पालैपालो गर्छौँ”,...बाँकी अंश →
कराँची, २० बैशाख ,, पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताउनुभयो । उहाँले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना...बाँकी अंश →
सुर्तीजन्य पदार्थ ,, ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।...बाँकी अंश →
काठमाडौँ, २० वैशाख ,, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उहाँले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताउनुभएको हो । “यातायात...बाँकी अंश →
काठमाडौँ, २० वैशाख ,, चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका...बाँकी अंश →
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा राष्ट्रिय शिक्षा नीति ल्याउन त्यसको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुुभएको छ । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री पोखरेलले आयोगकै प्रतिवेदनमा टेकेर सङ्घीय शिक्षा विधेयक ल्याउन पनि काम भइरहेको जनाउँदै आगामी १० वर्षभित्र सामुदायिक विद्यालयलाई...बाँकी अंश →
तौलिहवा, २० वैशाख ,, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं को कार दुर्घटना हंँदा कारमा सवार रामपुर ६ दाङका...बाँकी अंश →
इनरुवा, २० वैशाख ,, सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा...बाँकी अंश →
लहान, २० वैशाख ,,, सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: