काठमाडौँ, १९ जेठ ,, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नुभएको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको...बाँकी अंश →
सिन्धुली, १९ जेठ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेको बजेटले नेपालीको...बाँकी अंश →
काठमाडौँ, १९ जेठ,, तराई–मधेशको आर्थिक विकास र सहज यातायातका लागि अगाडि सारिएको हुलाकी सडकको निर्माणकार्य प्रभावकारी हुन नसक्दा यसबाट अपेक्षित लाभ लिनसकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण आयोजनाले गति लिन नसक्दा यसले सरकारलाई मात्रै होइन, स्थानीयवासीलाई समेत आहत तुल्याएको हो । हुलाकी सडकको निर्माण कार्यलाई छिटो, छरितो र...बाँकी अंश →
इलाम, १९ जेठ,, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएको हुँदा अब अनलाइन प्रणालीबाट काम शुरु गर्नुपर्छ ।”...बाँकी अंश →
विराटनगर, १८ जेठ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै...बाँकी अंश →
काठमाडौँ, जेठ १८ ,, जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित बन्ने गरेको एक अध्ययनले देखाएको छ । दैलेख जिल्लाका केही गाउँहरुमा गरिएको कार्यमूलक अनुसन्धानका नतीजाहरुमा आधारित अध्ययनमा जलवायु परिवर्तनबाट सिर्जित समस्याको पहिलो प्रभाव महिलाले भोग्नु परेको आज यहाँ आयोजित अन्तक्र्रियामा प्रकाश पारियो । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा...बाँकी अंश →
काठमाडौँ, १८ जेठ ,, सभामुख कृष्णबहादुर महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई पनि सोही अनुरुप हल गर्नुपर्नेमा उहाँको जोड थियो । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को अन्तरवस्तुबारे...बाँकी अंश →
काठमाडौँ, १८ जेठ,, नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् । काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →
बर्दिवास, १८ जेठ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति...बाँकी अंश →
काठमाडौँ, १८ वैशाख ,, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउनुभएको छ । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उहाँले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताउनुभयो । “अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले...बाँकी अंश →
काठमाडौँ, १६ जेठ,, वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सुझाव दिनुभयो । “एप्लिकेशनमा समयसापेक्ष नयाँनयाँ जानकारी थप्दै जानुपर्छ”, उहाँले...बाँकी अंश →
काठमाडौँ, १६ जेठ,, सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: