१८ माघ २०८१

राष्ट्रिय

व्यास नपाका एक हजार आयोजना सम्पन्न

दमौली, १२ भदौ तनहुँको व्यास नगरपालिकामा एक वर्षको अवधिमा एक हजार १३० आयोजना पूरा भएको छ । उक्त नगरपालिकाको पुनर्संरचनापछि समावेश भएका वडाहरुको सन्तुलित र न्यायपूर्ण विकास गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा एक हजार २३० आयोजना सञ्चालन गरेकामा ती आयोजना सम्पन्न भएको जनाएको हो । वडा समितिको निर्णयबाट...बाँकी अंश →


लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १२ भदौ    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो,...बाँकी अंश →


सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता

हुम्ला, १२ भदौ  नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराईले ठोस निर्णय नभएकाले चीनको माथिल्लो निकायबाट र नेपाल...बाँकी अंश →


अब आयोजना अघि बढाउन कुनै बाधा अड्चन छैन– नेपाली सेना

काठमाडौँ, ११ भदौ  नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाँै–तराई÷मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र आयोजनाको प्रगतिबारेमा जानकारी दिने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित...बाँकी अंश →


संविधान दिवसमा घरघर र हातहातमा फहरिनेछ राष्ट्रिय झण्डा

काठमाडौँ, ११ भदौ    राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको...बाँकी अंश →


उभिएको आकारमा मूर्ति बनाउन सुझाव

दमौली, ११ भदौ  महर्षि वेदव्यासको १०८ फिटको मूर्ति उभिएको आकारमा बनाउन उपयुक्त रहेको सुझाव दिइएको छ । वेदव्यासको मूर्तिको आकार कस्तो बनाउने भन्ने विषयमा विवाद भइरहेको अवस्थामा व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष तनहुँले आयोजना गरेको विद्वत परामर्श सभाका वक्ताले धार्मिकशास्त्रअनुसार उभिएको आकारमा वेदव्यासको मूर्ति बनाउन उपयुक्त हुने सुझाव दिनुभएको हो...बाँकी अंश →


प्राविधिक विषयको पढाइ शुरु

डोटी, १० भदौ   जिल्लाका विभिन्न छस्थानीयतहमा प्राविधिक विषयको पढाइ शुरु भएको छ । नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक शिक्षा पढाउने नीति लिएपछि जिल्लाका जोरायल गाउँपालिका–५स्थित नबोदय माविमा, पशुविज्ञान, दिपायल सिलगढी नगरपालिका–४ स्थित कुमालीकोट माविमा सिभिल इञ्जिनीयरिङ, बडीकेदार गाउँपालिकाको बर्छैन माविमा आइएस एजी, दिपायल सिलगढी नगरपालिका–४ मै रहेको...बाँकी अंश →


न्यून दृष्टियुक्त व्यक्ति सगरमाथा चढ्ने

बलेवा, १० भदौ  न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वाेच्च शिखर सगरमाथा चढ्ने सपना...बाँकी अंश →


प्रारम्भिक शिक्षा कार्यक्रमलाई समन्वय समिति

चिप्लेढुङ्गा, १० भदौ  कास्कीमा सञ्चालन भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कास्की मातह सञ्चालित कार्यक्रम प्रभावकारीसँगै उपलब्धि मुलक बनाउन र अनुगमका लागि जिल्लास्तरीय नौ सदस्यीय समिति गठन गरिएको हो । समितिको संयोजकमा शिक्षा विकास तथा समन्वय एकाइ...बाँकी अंश →


सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम

काठमाडौँ, १० भदौ  पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला...बाँकी अंश →


छिटो सेवाप्रवाह दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

परासी, १० भदौ  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उहाँले भन्नुभयो, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक...बाँकी अंश →


१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने प्रतिबद्धता

सुर्खेत, १० भदौ  स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter