बेनी, २२ भदौ कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो । आयोजनाका तर्फबाट पाँच र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट पाँच...बाँकी अंश →
विराटनगर, २२ भदौ भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवालाहरुसँग शनिबार यहाँ छलफल गरिएको छ । विधायन व्यवस्थापन समिति, राष्ट्रियसभाद्वारा आयोजित सो कार्यक्रममा सरोकारवालाहरुले भूमिहीन र सुकुम्वासी अलग–अलग समस्या भएकाले सोहीअनुसार समाधान हुनुपर्ने बताएका छन् । भूमिसम्बन्धी ऐन, २०२१ यो आठौँ संशोधन गर्दा यसलाई अत्यन्त व्यावहारिक, व्यवस्थित...बाँकी अंश →
काठमाडौँ, २२ भदौ यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →
काठमाडौं , भाद्र ,२० मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ अौं राष्ट्रिय दिवस भाद्र २० को सन्दर्भमा आयोजित कार्यक्रम मार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध उत्कृष्ट कार्य गरेवापत मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध...बाँकी अंश →
काठमाडौँ, २० भदौ प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ । मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट...बाँकी अंश →
जाजरकोट, २० भदौ जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ । मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखनविरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो । विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । एकोहोरो पाठ्यपुस्तक...बाँकी अंश →
बाँके, २० भदौ सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था...बाँकी अंश →
जलेश्वर, २० भदौ बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए । तर, ती महिलाले...बाँकी अंश →
काभ्रेपलाञ्चोक, २० भदौ धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो । सङ्घले विश्वविद्यालय प्रशासनसँग पटक–पटक गरिएका...बाँकी अंश →
इनरुवा, २० भदौ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । सुष्मा गोदावरी कलेजको...बाँकी अंश →
चिप्लेढुङ्गा, २० भदौ विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ ।...बाँकी अंश →
काठमाडौँ, १९ भदौ काठमाडौँ, १९ भदौ (रासस) ः वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: