१८ माघ २०८१

राष्ट्रिय

बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल

काठमाडौँ, २६ भदौ  बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकालसम्म मात्र कायम रहने भएको छ । सरकारले सङ्घीय संसद्मा दर्ता गरेको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (वाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र...बाँकी अंश →


संविधानको भावना अनुसार भूमि सुधारका कार्यक्रम ल्याउन माग

काठमाडाँै, २६ भदौ  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बलराम बाँस्कोटाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा उहाँले भन्नुभयो,“समानताका लागि भूमिसुधार आवश्यक पर्छ । भूमि सुधारमा राजनीतिक दलले किन चासो देखाएनन् ? भूमिसुधारलाई कनिका छराईका रुपमा हेरिनुहँुदैन । संविधानको भावना...बाँकी अंश →


युवाको एकता अन्तिम चरणमा

काठमाडौँ, २६ भदौ  तत्कालीन वाइसिएल नेपाल र युवा सङ्घ नेपालबीचको एकता अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ । सङ्घको बुधबार बसेको बैठकले साविक युवा सङ्घ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्यीय केन्द्रीय समिति बनाउने...बाँकी अंश →


जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा

बागलुङ, २६ भदौ  आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी ९नेकपा०ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको...बाँकी अंश →


सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना

काठमाडौँ, २६ भदौ    वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडाँै उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने...बाँकी अंश →


पक्राउ परेका चन्दसहित सबै विद्यार्थी छुटे

चितवन, २६ भदौ  चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो । शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि त्यहाँ अध्ययनरत नेत्रविक्रम...बाँकी अंश →


आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा

खोटाङ, २६ भदौ  कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेकोे हो । जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री...बाँकी अंश →


उपप्रधानमन्त्री यादवद्वारा रामग्राम स्तुपको अवलोकन

परासी, २६ भदौ  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो । सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको...बाँकी अंश →


पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर

पोर्चुगल, २६ भदौ    युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् । ती नेपाली युवा खेलाडीमा मात्र सिमित छैन, विदेशीका कराँतेगुरु पनि बन्न सफल भएका हुन् । उनले विदेशीलाई कराँते सिकाउँछन् । पश्चिम नेपालको पूर्वी रुकुम, पुथा...बाँकी अंश →


पीडित महिला र बालिकाका लागि एबिसी नेपाल

विराटनगर, २५ भदौ  हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय सामाजिक संस्था एबिसी नेपालले हेरचाह गर्दै आएको छ । उक्त संस्थामा घरेलु हिंसामा परेकालाई मात्र सहयोग एवं संरक्षण गर्ने गरिएको संस्थाका अध्यक्ष विष्णु शर्मा पन्तले बताउनुभयो । उहाँले घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार÷करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन...बाँकी अंश →


पर्यटकको पर्खाइमा घुरुङखाँ मैदान गाउँ

स्याङ्जा, २५ भदौ  पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् । पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नै गाउँघरमा...बाँकी अंश →


न्यायिक समितिमा न्यून उजुरी

रुकुमपूर्व, २५ भदौ    जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरिए पनि न्यून उजुरी पर्ने गरेका छन् । अझै पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहेको पाइएको छ । नगरपालिकामा नगर उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा सबै स्थानीय तहमा न्यायिक समिति क्रियाशील...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter