काठमाडौँ, ३१ भदौ नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ । महासभाअन्तर्गत एकसातासम्म उच्चस्तरीय बैठक हुनेछन् जसमा विश्वव्यापी स्वास्थ्य सरोकार,...बाँकी अंश →
काठमाडौँ, ३१ भदौ लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको...बाँकी अंश →
काठमाडौँ, ३० भदौ ः नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति...बाँकी अंश →
पोखरा, ३० भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकूदका माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबको भूमिका प्रशंसायोग्य भएको बताउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, ३० भदौ राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले...बाँकी अंश →
जिरी, ३० भदौ दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गर्नुभएको हो । कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८०...बाँकी अंश →
काठमाडौँ, २९ भदौ ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको बताउनुभएको छ । काठमाडौँ उपत्यकाबाट शुरु भएको उक्त कार्यक्रम क्रमशः देशव्यापी बनाइने जानकारी दिनुभयो । बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज राजधानीमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री...बाँकी अंश →
काठमाडौँ, २९ भदौ नेपालले नयाँ विदेश नीति आन्तरिक अवस्था, क्षेत्रीय र अन्तरराष्ट्रिय सन्दर्भलाई हेरेर तय गर्न सकेमा प्रशस्त लाभ लिन सक्ने बताइएको छ । विश्वका उदीयमान दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा रहेकाले नेपालले सन्तुलित विदेश नीतिबाट धेरै लाभ उठाउन सक्ने अवसर रहेको आज यहाँ आयोजित कार्यक्रममा एक...बाँकी अंश →
काठमाडौँ, २९ भदौ नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी...बाँकी अंश →
काठमाडौँ २९ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: