न्यूयोर्क, ९ असोज नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो...बाँकी अंश →
न्यूयोर्क, ८ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको छ । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गर्नुभयो...बाँकी अंश →
भद्रपुर, ८ असोज मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिनुभएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिनुभयो । कालोबजारी सिर्जना गरेर...बाँकी अंश →
बङ्लादेश (ढाका), ५ असोज बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको सो युवाहरुको टोलीले शनिबार राजदूतसँग भेटवार्ता गरेको हो । भेटका क्रममा राजदूत...बाँकी अंश →
काठमाडौँ, १ असोज सरकारले आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तरराष्ट्रियस्तरको सगरमाथा संवादको तयारीका लागि सम्बन्धित विज्ञका सुझाव लिन राष्ट्रिय परामर्श गोष्ठी आयोजना गरेको छ । उक्त संवादलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित विषयका जानकार, राजनीतिक नेतृत्व, सरकारी अधिकारीलगायत सरोकारवालासँग परराष्ट्र मन्त्रालयले आज राजधानीमा सो गोष्ठी आयोजना गरेको...बाँकी अंश →
काठमाडौँ, १ असोज विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ । सिंहदरवार परिसर पुतली बगँैचामा बन्ने उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै भवनमा बस्ने भएको हो । विसं २०५५ बाट असार ८...बाँकी अंश →
विराटनगर, १ असोज प्रदेश नं. १, संविधान दिवस २०७६ प्रचार उपसमितिका संयोजक एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवस–२०७६ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो । उपसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले समावेशिताका आधारमा बनेको यो संविधानले सबै नेपाली जनताका विचारको प्रतिनिधित्व गरेको छ...बाँकी अंश →
काठमाडौँ, १ असोज प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो...बाँकी अंश →
काठमाडौँ, १ असोज श्रीश्रीजानकी माता धार्मिक नेपाली सङ्घ कोलकाता, भारतद्वारा आयोजित १३ आँै रक्तदान शिविरमा ६२ जनाले रक्तदान गरेका छन् । सो अवसरमा गणेशकुमार प्रधान प्रधानसम्पादक रहेको ‘सम्झना’ वार्षिक पत्रिकाको छैटाँै अङ्क पनि विमोचन गरियो । कार्यक्रममा खिमराज बराल, नरविक्रम थापा, राजु पाठक, महेश्वरसिंह गुरूङ, विकास जायसवाल, शैलेश जायसवाल, हृदयनन्द...बाँकी अंश →
काठमाडौँ, १ असोज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गर्नुभएपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारवाहीको...बाँकी अंश →
काठमाडौँ, १ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताउनुभएको छ । सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उहाँले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सह्य नहुने स्पष्ट गर्नुभयो । “अब...बाँकी अंश →
काठमाडौँ, १ असोज आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ । नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: