म्यान्मा, ३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज स्थानीय समयअनुसार मध्यान्ह १२.१० मा जापान प्रस्थान गर्नुभयो । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा...बाँकी अंश →
फिक्कल, ३ कात्तिक दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो । इलामको सूर्योदय नगरपालिका–४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ । कार्यालयदेखि...बाँकी अंश →
म्यान्मा, ३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै हुनुहुन्छ । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ...बाँकी अंश →
म्यान्मा, ३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ । उहाँ गत असोज २९ गते यहाँ आइपुग्नुभएको हो । उहाँले आजदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र...बाँकी अंश →
बेझाड, पाल्पा, २९ असोज ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ...बाँकी अंश →
काठमाडौँ, २९ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि संसारको...बाँकी अंश →
काठमाडौँ, २९ असोज निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा आज प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार...बाँकी अंश →
काठमाडौँ, २९ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभएको छ । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ...बाँकी अंश →
काठमाडौँ, २९ असोज राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा थाइल्याण्डको बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलमा केही बेर रोकिँदा राजदूत गणेशप्रसाद ढकालले स्वागत गर्नुभएको छ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका...बाँकी अंश →
काठमाडौँ, २९ असोज संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त...बाँकी अंश →
काठमाडौँ, २९ असोज नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड...बाँकी अंश →
दमौली, २९ असोज गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण गर्नुभएको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–९ र १२ भाटडाँडामा सञ्चालित नमूना कृषि गाउँ आज अवलोकन गर्दै त्यहाँका गतिविधिबारे उहाँले जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा उहाँले फार्ममा सबै पूर्वाधार निर्माण भइसकेकाले अब व्यावसायिक उत्पादनमा लाग्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: